जाजरकोट ।।
जाजरकोटमा भूकम्प पीडितले त्रिपालभित्र बच्चा जन्माएकी छन्। भूकम्पले घर भत्किएपछि त्रिपालमै रहेकी गर्भवती महिलाले स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माएकी हुन्। जिल्लाको कुशे गाँउपालिका ७ धनराशीकी निरुता टमटाले बच्चा जन्माएकी स्थानीय नवराज पुनले बताए। घाइतेको उपचारका लागि त्यहाँ पुगेका हाम्रो टिम नेपालका स्वास्थ्यकर्मीको सहयोगमा टमटाले बच्चा जन्माएकी उनले बताए।
अहिले बच्चा र आमाको अवस्था सामान्य रहेको छ। पोषिलो खानेकुरा र न्यानो कपडाको अभावमा त्रिपालमा बसिरहेका भूकम्प पीडित गर्भवती, सुत्केरी र बालबालिका प्रभावित भएका छन् । भर्खर सुत्केरी भएकी कुशे ७ धनराशीकी निरुता टमटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिंदै हाम्रो टिम नेपालका स्वास्थ्यकर्मी।