November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

श्रमिकलाई अब सरकारले नै सीप सिकाउने

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० १२:२४
श्रमिकलाई अब सरकारले नै सीप सिकाउने
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई आवश्यक जनशक्ति उत्पादन गर्ने 
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समिति गठन
  • न्तराष्ट्रिय संघ संस्थाबाट मान्यता दिलाउन आवश्यक व्यवस्था मिलाउने

काठमाडौं ।।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई आवश्यक जनशक्ति उत्पादन गर्न अब सरकारले व्यावसायिक प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्ने भएको छ । २३ कात्तिकको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन आदेश २०८० स्वीकृत गरेको थियो । सोही अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समिति गठन गरेको जानकारी गराएको छ । मन्त्रालयका अनुसार दक्ष, प्रतिष्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने लक्ष्य यो प्रतिष्ठानको हुने छ । यसअघि निजी स्तरबाट भइरहेका श्रमिकलाई सीप सिकाउने काम अब यो प्रतिष्ठानबाट हुने बताईको छ । प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी प्रतिष्ठानलाई दिइएको छ ।

मन्त्रिपरिषद बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकता अनुरूप दक्ष, प्रतिष्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न, गराउनको यस्तो समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त प्रतिष्ठानमा एक अधिकार सम्पन्न सञ्चालक समिति रहने र प्रतिष्ठानको प्रशासकीय प्रमुखको रूपमा एक जना कार्यकारी निर्देशक रहने व्यवस्था रहेको मन्त्रालयलका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानलाई श्रम बजारको माग बमोजिमको प्रशिक्षणको विषय पहिचान र छनौट गर्ने, प्रशिक्षणको पाठ्यक्रम तथा मापदण्ड स्वीकृत गरी लागु गर्ने, प्रतिष्ठानले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमको सीप परीक्षण, स्तरीकरण तथा प्रमाणीकरण गर्ने गराउने जिम्मेवारी दिईएको छ ।यसैगरी वाह्य तालिम प्रदायक संस्थाहरुको दर्ता, आवद्ता, सूचिकरण, अनुगमन निर्देशन र आवश्यक समन्वय तथा नीतिगत व्यावस्था गर्ने, प्रतिष्ठानबाट सञ्चालन हुने प्रशिक्षणलाई अन्तराष्ट्रिय संघ संस्थाबाट मान्यता दिलाउन आवश्यक व्यवस्था मिलाउने, स्वदेशी रोजगारदाता कम्पनी, गन्तव्य मुलुक, तालिम प्रदायक अन्य संस्थासँग समन्वय गरी प्रशिक्षणको आवश्यक व्यवस्था मिलाउने सम्मको अधिकार प्रतिष्ठानलाई छ ।

यस प्रतिष्ठानबाट आगमी दिनमा ६ महिना अवधि सम्मको व्यवसायिक र सीपमूलक तालिम सञ्चालन गरिने छ । यस प्रयोजनका लागि पाठ्यक्रम तयार गर्ने, सीपमूलक तालिम सञ्चालन गर्ने सीपको परीक्षण गर्ने र प्रमाणपत्र जारी गर्ने कार्य समेत यो प्रतिष्ठानबाट गरिने प्रावधान राखिएको छ । मन्त्रिपरिषद बैठकबाट स्वीकृत उल्लेखित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश २०८० राजपत्रमा प्रकाशित गरी लागू गरिने मन्त्रालयले जनाएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० १२:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्