May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

कारागारमा पनि शिविर चलाऔं : गृहमन्त्री श्रेष्ठ

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० १३:३६
कारागारमा पनि शिविर चलाऔं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक दिवसीय ‘योग विज्ञान शिविर २०८० तथा उत्प्रेरणा कार्यक्रम’मा सहभागी भएका छन् ।

सोमबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले योगलाई जीवनको अभिन्न अंगका रूपमा अनुशरण गर्न आह्वान गरे ।

व्यक्ति र समाजले योग अभ्यास र ध्यानको महत्वलाई आत्मसात गर्दा शरीरिक एवम् मानसिक स्वच्छता, जागरण, संतुलन र रूपान्तरण प्रकृयामा समेत योगदान पुग्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

आफुले योग र ध्यानलाई सरकारको नीति तथा कार्यक्रममा नै समेटेर संस्थागत गर्न पहल गरेको चर्चा गर्दै उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य प्रशासनिक क्षेत्र एवम् कारागारमा समेत योग शिविरहरू सन्चालन गर्नुपर्ने बताए ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले पतंजली योग समिति, नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र, युवा केन्द्रीय संयोजक लोकनाथ खनाल र सह–केन्द्रीय प्रभारी अर्चना घिमिरेलाई प्रशंसापत्र प्रदान गरे ।

प्रभारी मिश्रले प्रमुख अतिथि श्रेष्ठ, प्रहरी प्रमुख बसन्त बहादुर कुँवरसहित कार्यक्रममा उपस्थित सबैलाई योगाभ्यास समेत गराएका थिए ।

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० १३:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।