November 25, 2024 | सोमवार, मंसिर १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

अटो दुर्घटना हुँदा १ महिलाको मृत्यु 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० ११:0१
अटो दुर्घटना हुँदा १ महिलाको मृत्यु 
  • दाङको बंगलाचुलीमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गयो 
  • अटो ब्रेक फेल भइ झन्डै पाँच सय मिटर तल पुगेको अवस्था 
  • घाइतेको उपचारका क्रममा गएराति मृत्यु 

दाङ ।।

दाङको बंगलाचुलीमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको छ । दुर्घटनामा बंगलाचुली गाउँपालिका – ५ की ६५ वर्षीया भेगी बुढाको ज्यान गएको हो । दुर्घटनामा घाइते बुढाको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बुधवार दिउँसो  बंगलाचुली– ५ को गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नम्बरको अटो ब्रेक फेल भइ झन्डै पाँच सय मिटर तल खसेको थियो ।

घाइतेलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । तर, उपचार सम्भव नभएपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले घाइते बुढाको उपचारका क्रममा गएराति ज्यान  गएको जानकारी दिनुभयो।

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० ११:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्