May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

प्रधानमन्त्री न्युयोर्कबाट सिधै चीन जाने तयारी गर्दै

  • साझा परिवेश
  • आइतवार, साउन २८, २०८० १२:२१
प्रधानमन्त्री न्युयोर्कबाट सिधै चीन जाने तयारी गर्दै
  • प्रधानमन्त्रीज्यू न्युयोर्कबाट सिधै चीन जाने
  • राष्ट्रसंघको महासभा अमेरिकाको न्युयोर्कमा हुँदै 
  • महासभा असोज २ गतेदेखि सुरु हुने

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो असोजको पहिलो साता संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर त्यतैबाट चीन जाने भएका छन् । राष्ट्रसंघको महासभा अमेरिकाको न्युयोर्कमा हुँदै छ ।

यसअघि, राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने समय र चीन भ्रमणको मिति जुधेका कारण कता जाने भन्ने अन्योल भएको थियो । नेपालले गरेको अनुरोधलाई राष्ट्रसंघको मुख्यालयले स्वीकार गर्दै असोज ५ गते निर्धारित सम्बोधनको समयलाई एक दिनअघि अर्थात् असोज ४ गते सारिदिएपछि दुवैतिर जान सम्भव भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

परराष्ट्र स्रोतका अनुसार अब प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् । “राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्रीज्यू न्युयोर्कबाट सिधै चीन जानुहुनेछ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

स्रोतका अनुसार चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् । एसियन खेलको उद्घाटन चीनका राष्ट्रपति एवं प्रधानमन्त्रीमध्ये एकजनाले गर्नेछन् ।

एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्ड बेइजिङ जानेछन् । बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । बेइजिङमा उनले चिनियाँ कम्युनिस्ट पार्टीका अरू नेताहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

एसियन गेम्स चीनको हन्जाउमा आउँदो सेप्टेम्बर २३ देखि अक्टोबार ८ ९असोज ६ देखि २१ गतेसम्म० हुनेछ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभा भदौ ६ गतेदेखि सुरु हुनेछ । महासभामा उच्चस्तरीय पाहुनाको सम्बोधन असोज २ गतेदेखि सुरु हुने जनाइएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, साउन २८, २०८० १२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट