sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इलाममा विद्यार्थी बोकेको बस भीरबाट खस्दा ३ जनाको मृत्यु

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १३:१३
इलाममा विद्यार्थी बोकेको बस भीरबाट खस्दा ३ जनाको मृत्यु
  • इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा
  • विद्यार्थी बोकेको बस भीरबाट डेढ सय मिटर खस्दा
  • धनुषाका ३  जनाको ज्यान गयो 

इलाम ।।

आइतबार साँझ इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा विद्यार्थी बोकेको बस भीरबाट खस्दा मृत्यु हुनेको संख्या तीन पुगेको छ। बस मेची राजमार्गबाट झण्डै डेढ सय मिटर तल खस्दा धनुषाका तीन जनाको ज्यान गएको हो। इलाम प्रहरीका अनुसार चालकले विपरीत दिशाबाट आइरहेका एक जना मोटरसाइकल चालकलाई जोगाउन खोज्दा बस भीरबाट खसेको हो। ४१ वर्षीय चालक हरिगिन राउत प्रहरी नियन्त्रणमा छन्। आइतबार साँझ ५ बजेतिर  इलामको कन्याम पुगेर फर्कंदै गरेको ना ६ ख ८४२४ नम्बरको बस रोङ गाउँपालिका-३ कोलबुङमा दुर्घटनाग्रस्त भएको थियो।

प्रहरीका अनुसार शैक्षिक भ्रमणका लागि धनुषाबाट इलाम गएको टोलीमा विद्यार्थीका अभिभावक पनि थिए। धनुषाधाम नगरपालिका-९ बाट आएको बस कन्यामबाट फर्कने क्रममा दुर्घटना भएको थियो। दुर्घटनामा धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा, सोही ठाउँकी ४० वर्षीया तुल्मा लामा र ६० वर्षीया शान्तमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ३२ जना घाइते भएका छन्। घाइतेहरूको बिर्तामोडस्थित बिएण्ड सी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धेरैको अवस्था सामान्य छ।

 

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १३:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid