sweet bonanza
February 1, 2026 | आइतवार, माघ २०, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

बर्दियामा नाबालकको अपहरण गर्न खोजेपछि….

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १४:३७
बर्दियामा नाबालकको अपहरण गर्न खोजेपछि….
  • एक नाबालकको अपहरणको प्रयास
  • अरु चकलेट कारमा छ भन्दै रुमाल सुँघाएर अपहरण गर्न खोजियो 
  • भारतीय नम्बर प्लेटका गाडीहरू नियन्त्रणमा लिँदै अनुसन्धान सुरु

गुलरिया ।।

बर्दियाको सदरमुकाम गुलरियामा एक नाबालकको अपहरणको प्रयास भएको छ । अपहरणकारीहरूले ३ वर्षीय (क-१) बालक {बालकको गोपनीयताको लागि परिवर्तित नाम}लाई चकलेट दिएर ललाईफकाई गरि अरु चकलेट कारमा छ भन्दै रुमाल सुँघाएर अपहरण गर्ने प्रयास गरेको बालकका बुवाले बताउनुभयो । बर्दिया गुलरिया ५ बस्ने कक्षा ३ मा पढ्ने नाबालक (क-१) बालकले चकलेट नलिएर डराएर घरतिर भागेपछि बालकका परिवार र स्थानीयको सुझबुझका कारण अपहरणकारी फरार भएका थिए । रुमालमा बेहोस गराउन प्रयोग गरिने क्यामिकल क्लोरोफर्म प्रयोग गरिएको हो कि भन्ने आशंका छ ।

कार्तिक २७ गते बिहान भारतीय नम्बर प्लेटको गाडीमा आएका अपहरणकारी त्यहाँबाट भागेको उनको बुवाले (बालकका बुवाको आग्रह अनुसार समाचारमा उहाँको नाम गोप्य राखिएको) बताउनुभयो । यो घटनाको बारेमा प्रहरीलाई जानकारी गराए लगत्तै बर्दिया प्रहरीले व्यापक खोजी कार्य गरेको थियो । प्रहरीले जिल्ला भर भारतबाट आएका गाडीहरूको भन्सारबाट तथ्यांक निकालेर खोजी कार्य तिब्र रुपमा अघाडी बढाएको थियो । सो घटनाको बारेमा जानकारी पाए लगत्तै बर्दिया प्रहरीले भारतीय नम्बर प्लेटका गाडीहरू नियन्त्रणमा लिँदै अनुसन्धान सुरु गरेको थियो । नियन्त्रणमा लिएका गाडी तथा चालकहरूको सनाखत समेत ती बालकबाट गराएको थियो । तर बालकले सनाखत गर्न सकेनन् ।

उक्त घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (सुपरिटेन्डेन्ट अफ पोलिस) एसपी सुधीर राज शाही, जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डेपुटी सुपरिन्टेन्डेन्ट अफ पोलिस) डिएसपी तुल्सी राम अर्यालले सिमावर्ती नाकामा रहेका प्रहरी कार्यालयका अधिकारीहरूलाई नाकामा कडाई गर्न कडा निर्देशन दिएको नेपाल कागजको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी स्रोतले जानकारी दिनुभयो । उहाँका अनुसार यस्ता घटना हुन नदिन सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ भने नेपाल भारत नाकामा कडा निगरानी गरिएको छ ।

त्यस्तै केही समय देखी बोलेरो गाडीमा बसेर साधुको भेषमा केही ब्यक्तिहरू आएर चन्दा माग्ने गरेको गुनासो समेत आएको छ । मंसिर २ गते बिहान पनि केही जोगीको भेषमा आएकाहरूले गुलरियाको राधाकृष्ण चोकमा रहेका व्यापारीक पसलहरूबाट पैसा माग्दै हिँडेको भन्ने सुचना प्राप्त भएको छ । एक एमाले नेताले नेपाल कागजसँग सम्पर्क गर्दै भन्नुभयो, “मैले उक्त बोलेरोमा आएका जोगीका भेषमा रहेकाहरू र गाडिको फोटो खिच्न खोज्दा खोज्दै गाडी हुइँकिएर गयो ।” यस विषयमा राधाकृष्ण चोकमा रहेको सिसिटिभी क्यामेरामा हेरेर अनुसन्धान गरे ती अपरिचित व्यक्तिहरू को हुन भन्ने कुरा बाहिर आउला ।”

त्यस्ता ब्यक्तिलाई किन चन्दा दिएको भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो, “डरले भोलि आफुलाई केही हुनसक्छ कि भन्ने डर तथा केही समय अघिको अपहरण घटनाका कारण त्रासले कोहि बोलेका छैनन । झमेला हुन सक्ने र आफ्नो नाम आउनसक्ने भएकाले प्रहरीलाई समेत भन्न सकेका छैनन् ।” अहिले पनि भारतीय गाडीहरूमा प्रहरीले निगरानी राखिरहेको अवस्था छ । त्यस्तै तस्करीलाई पनि निर्मुल पार्न जिल्ला प्रहरी कार्यालय बर्दियाको नेतृत्वले आफ्ना मातहतका युनिटहरूमा कडा निर्देशन दिएको छ । त्यस्तै केही अघि तस्करीका सामान मात्र नभएर धमाधम तस्करलाई पनि पक्राउ गरिएको अवस्था छ ।

प्राय बर्दियामा सामान पक्राउ पर्ने तर तस्कर गायब हुने गर्दथिए तर जिल्ला प्रहरी कार्यालय बर्दियाको प्रहरी उपरीक्षकमा एसपी सुधीर राज शाही र प्रहरी नायब उपरीक्षक डिएसपीमा तुल्सी राम अर्याल आएलगत्तै बर्दियाको ईतिहासमै पहिलो पटक धमाधम सामान मात्र नभएर ब्यक्ति पनि पक्राउ परिरहेको अवस्था छ । स्रोतका अनुसार एसपी र डिएसपीलाई तस्करहरूको नेक्ससले सरुवा गराउन भरपुर कोशिस गरिरहेका छन् । इमान्दार छवि भएका प्रहरी अधिकारीलाई दुख दिने नेपालको परम्परा र प्रवृति नै हो । केही राम्रो गर्न खोज्ने प्रहरी अधिकारीहरूलाई सहयोग गर्नुको साटो नेताहरूले चरम दबाब दिने गरेको ओपन सेक्रेट नै हो र अहिले बर्दियामा त्यही भइरहेको छ ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १४:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid