sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

न्यायाधीश नियुक्तीका लागि सर्वोच्चमा भागबण्डा

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:४७
न्यायाधीश नियुक्तीका लागि सर्वोच्चमा भागबण्डा
  • न्यायाधीश नियुक्तीका लागि दलीय भागबण्डा
  • दिनमणि पोखरेल र डिएन पराजुली मध्ये १ जना न्यायाधीश नियुक्त गर्ने 
  • रेशम चौधरी रिहाइमा पोखरेलले कानुन विपरित काम गरेको आरोप

काठमाडौं।।

सर्वोच्च अदालतमा रिक्त सबै न्यायाधीश नियुक्तीका लागि दलीय भागबण्डा गरिएको छ। प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले भागबण्डा गरेर न्यायाधीश नियुक्ती गर्ने तयारी गरेका हुन्। स्रोतका अनुसार नेपाली कांग्रेसबाट डा. विजय मिश्र, नेकपा एमालेबाट रमेश बडाल र माओवादी केन्द्रबाट महान्यायाधीवक्ता दिनमणि पोखरेल र डिएन पराजुली मध्ये एक जना न्यायाधीश नियुक्त गर्ने सहमति भएको हो। कांग्रेस कोटमा परेका डा. मिश्र नेपाल बारका पूर्व महासचिव हुन्। यसैगरी एमाले कोटामा परेका बडाल पूर्व महान्यायाधीवक्ता हुन्।

स्रोतका अनुसार माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधीवक्ता दिनमणि पोखरेललाई न्यायाधीश बनाउन दबाव दिएका छन्। पोखरेल रेशम चौधरी जेलमुक्ति प्रकरणमा विवादित बनेका छन्। रेशम चौधरी रिहाइमा पोखरेलले कानुन विपरित काम गरेको आरोप लागेको छ। पोरखेलको नाममा सहमति बन्न नसके माओवादी कोटाबाट डिएन पराजुलीलाई अघि सार्ने तयारी भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कानुनमन्त्री धनराज गुरुङलाई बोलाएर महान्यायाधीवक्ता पोखरेलले भुटानी शरणार्थी प्रकरणमा नेता बालकृष्ण खाणलाई पक्राउ गर्न भूमिका खेलेको भन्दै उनलाई न्यायाधीश सिफारिस नगर्न भनेका छन्।

स्रोतका अनुसार सभापति देउवाले कानुनमन्त्री गुरुङलाई बोलाएरै महान्यायाधीवक्ता पोखरेल सर्वोच्चको न्यायाधीश बन्न लागेको आफूले सुनेको भन्दै उनको नाम सिफारिस नगर्न भनेका हुन्। देउवाले नेता खाणलाई पक्राउ गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एआईजी श्याम ज्ञवाली र महान्यायाधीवक्ता पोखरेलले भूमिका खेलेको भन्दै पोखरेलको नाम सिफारिस नगर्न भनेका हुन्। पराजुली यसअघि पनि अघिल्लो वर्षको भदाैमा सिफासिमा परेका थिए। तर, तत्कालीन प्रतिनिधिसभाको कार्यकाल सकिएको र त्यसपछि निर्वाचित प्रतिनिधिसभामा संसदीय सुनुवाइ समिति गठन नभएका कारण संसदीय सुनुवाइ हुन नसकपछि उनी नियुक्त हुन सकेका थिएनन्।

त्यसबाहेक अन्य चार जना उच्च अदालतका न्यायाधीशलाई सर्वोच्चाम नियुक्तीको लागि सिफारिस गर्ने तयारी गरिएको छ। आइतबारदेखि न्यायाधीश नियुक्तीका विषयमा न्यायपरिषद सदस्यहरुबीच सघन छलफल भएको थियो। सम्भवत आज साँझसम्म न्यायाधीश नियुक्तीको सिफारिस हुन सक्ने बताइएको छ। सर्वोच्च अदालतमा प्रधान्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी छ। अहिले सर्वोच्चमा प्रधानन्यायाधीशसहित १४ जनामात्र न्यायाधीश छन्। ७ जनाको दरबन्दी रिक्त छ। सर्वोच्चमा न्यायाधीश नियुक्तीको लागि उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौला, उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु, उच्च अदालत जनकपुरकी कामु मुख्य न्यायाधीश सारंगा सुवेदीको नाम सिफारिस गर्ने तयारी भएको छ। यसैगरी उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायाधीश माधवप्रसाद पोखरेललाई सर्वोच्चको न्यायाधीश नियुक्तीको लागि सिफारिस गर्ने तयारी भएको स्रोतले जनाएको छ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid