May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

आजदेखि नक्कली शरणार्थी प्रकरणको निरन्तर सुनुवाइ

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० ११:२१
आजदेखि नक्कली शरणार्थी प्रकरणको निरन्तर सुनुवाइ
  • नक्कली शरणार्थी प्रकरण न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा
  • उच्च अदालत पाटनमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुने 
  • प्रतिवादीहरुका तर्फबाट करिब ६५ जनाले बहसका लागि आफ्नो वकालतनामा बुझाए

काठमाडौँ ।।

नक्कली शरणार्थी प्रकरणको निवेदन न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा परेको छ । काठमाडौँ जिल्ला अदालतले थुनामा पठाएकाहरूको निवेदनमाथि उच्च अदालत पाटनमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुन लागेको हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगिएकाहरूको जाहेरीमा नेपाल सरकारले पूर्व विशिष्ट व्यक्तिहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाएको थियो । काठमाडौँ जिल्ला अदालतमा दायर उक्त मुद्दामा अदालतले अभियुक्तहरू तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न नसकिने भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

सोही आदेशविरुद्ध पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेक नारायण पाण्डे लगायतका व्यक्तिहरू उच्च अदालत पुगेका थिए । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार काठमाडौँ जिल्ला अदालतले थुनामा पठाएकाहरूले थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी दायर रिटमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुनेछ । तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित नरेन्द्र केसी, टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा. ईन्द्रजीत राई, हरिभक्त महर्जन,

लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सागर राई र रामशरण केसीले काठमाडौँ जिल्ला अदालतको आदेश बेरितको रहेको हुँदा उक्त आदेश बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका थिए । उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतमा ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा विचाराधीन अवस्थामा रहेको छ । रिट निवेदकसमेत रहेका प्रतिवादीहरुका तर्फबाट करिब ६५ जनाले बहसका लागि आफ्नो वकालतनामा बुझाएका छन् । मंगलबारदेखि निरन्तर सुनुवाइ भएमा ढिलोमा बिहीबारसम्म यस मुद्दामा आदेश गर्ने तयारी रहेको छ ।

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।