July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

डोरीमा बाँधेर सुन तस्करी गरेको खुलाशा

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० ११:२१
डोरीमा बाँधेर सुन तस्करी गरेको खुलाशा
  • लामाबगरबाट हालसम्म भित्रिएको ३३ किलो सुन काण्ड
  • जिल्ला प्रहरी कार्यालय दोलखाले मंगलबार प्रतिवेदन बुझायो 
  • सुन तस्करीसँगै विदेशी मुद्राको अवैध कारोबार

दोलखा ।। 

चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको विगु गाउँपालिका लामाबगरबाट हालसम्म भित्रिएको ३३ किलो सुन काण्डको प्रतिवेदन जिल्ला प्रहरी कार्यालय दोलखाले मंगलबार सरकारी वकिल कार्यालय दोलखालार्ई बुझाएको छ। करिब डेढ महिनापछि जिल्ला प्रहरी कार्यालय दोलखाले सुन तस्करी प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएको हो। तस्करी गरेको आरोपमा पक्राउ परेका १५ जनामध्ये एकजना बालकबाहेक १४ जना र विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले दोलखाको लामाबगर, जामुनेलगायतका स्थानबाट अवैध रूपमा नेपाल भित्रिएको ११ केजी सुन बरामद गरेको थियो। सुन तस्करीसँगै विदेशी मुद्राको अवैध कारोबारमा पनि तस्करहरू संलग्न रहेको प्रतिवेदनमा खुलेको छ।

मंगलबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय दोलखाले सुन तस्करीमा पक्राउ परेकाहरूलार्ई सार्वजनिक गरेको छ। तस्करहरूले एक वर्षमा अवैध क्रिप्टोकरेन्सीमार्फत २ अर्ब ९१ करोड ४८ लाख ३२ हजार बराबरको यूएसडीटी कारोबार गरेको खुलेको पत्रकार सम्मेलनमा जानकारी गराइयो। हाल प्रतियुनिट क्रिप्टोको मूल्य १ सय ३८ नेपाली रुपैयाँ रहेको दोलखा प्रहरीले जनाएको छ। दोलखाको लामाबगर नाकाबाट झन्डै एक वर्षको अवधिमा विभिन्न आपराधिक समूह बनाएर ३३ किलो सुनको तस्करी भएको तथ्य खुलेको छ।

जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरेको अनुसन्धानले चीनको रोङजिया नाका हुँदै दोलखाको लामाबगरबाट नेपालतर्फ १० महिनामा ३३ केजी सुन तस्करी भइसकेको मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। यस्तै, सुन तस्करीमा २ विदेशीसहित २७ जनाको संलग्नता रहेकोमा १५ जना पक्राउ परेको र १२ जना फरार रहेको प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए। पक्राउ परेकाबाट १० करोड ६८ लाख ६८ हजार सात सय ६१ रुपैयाँ बराबरको ११ किलो (सुनको बिस्कुट) र ५३२.०३८ ग्राम (सुनको गहना) सुन र नगद १८ लाख ३३ हजार पाँच सय रुपैयाँसमेत बरामद भएको प्रहरी नायब उपरीक्षक खड्काको भनाइ छ।

तस्करहरूले विशेषगरी बालबालिकाको प्रयोगमार्फत आलु तथा कोदोको पिठोको बोरामा हालेर सार्वजनिक यातायातमार्फत तस्करीको सुन काठमाडौंंसम्म लैजाने गरेको पाइएको पनि प्रहरीले जनाएको छ। लामाबगरको फलाक नाका हुँदै डोरीमा सुन बाँधेर चीनको तिब्बतबाट नेपालतर्फ पठाउने र नेपाल तर्फबाट त्यसैगरी बोरामा डलर, यार्सागुम्बा, कस्तुरीको बिनालगायत पठाउने गरेको तथ्यसमेत अनुसन्धानको क्रममा भेटिएको प्रहरीले जनाएको छ। उनीहरूले २०७९ साल मंसिरदेखि २०८० साल असोज १० गतेसम्ममा ३१ करोड ११ लाख ७० हजार चारसय ४६ रुपैयाँ १५ पैसा बराबरको ३३ किलो सुन अवैध रूपमा तस्करी गरेको खुलेको प्रहरीले जनाएको छ।

सुन तस्करी आरोपमा पक्राउ परेका चिनियाँ तथा नेपालीले अन्तर्देशीय आपराधिक संगठन सञ्जाल खडा गरी क्रिप्टोकरेन्सी तथा विभिन्न डिजिटल वालेटको प्रयोग गरी सुनको भुक्तानी दिने र विदेशी मुद्राको अवैध कारोबार गर्ने गरेको समेत खुलेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामकृष्ण पाठकले बताए। यो अवधिमा उनीहरूले विभिन्न १२ वटा डिजिटल वालेट प्रयोग गरी दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँचसय ९३ रुपैयाँ सात सय २९ पैसा बराबर युनिट यूएसडीटीको कारोबार गरेकोदेखिएको पनि सीआईबीका प्रहरी निरीक्षक पाठकले बताए।

प्रहरीले अहिलेसम्म तस्करी समूहका चिनियाँ नागरिक आकर लामा र ग्याङ तथा नेपालीहरू नुर्बु छिरिङ शेर्पा (काठमाडौंं), पेम्बा तामाङ (दोलखा), चसमान तामाङ (दोलखा), केशर तामाङ (दोलखा), माधवकुमार मगर (दोलखा), सनद प्रधान (गुल्मी), लालबहादुर तामाङ (सिन्धुपाल्चोक), तिलक बिक (बागलुङ), दीपेन्द्रराज शाक्य (ललितपुर), बिगु–१६ (दोलखा), चेतनाथ न्यौपाने (रसुवा), महिमा माझी (रामेछाप) तथा सुनमाला तामाङ (दोलखा) लार्ई पक्राउ गरेको छ।प्रहरी नायव उपरीक्षक खड्काका अनुसार उनीहरूलार्ई भन्सार ऐन २०६४, सँगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८, बालबालिका सम्बन्धी ऐन २०७५ र मुलुकी अपराधसंहिता २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा चलाइने छ। सुन तस्करीमा संलग्न भई फरार रहेका अन्य १२ जनाको भने खोजी भइरहेको र उनीहरू पक्राउ परेपछि पुरक अभियोग लिएर जाने प्रहरीको भनाइ छ।

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट