sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देउसीमा संकलित रकम अनाथ बालबालिकालाई

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १२:४0
देउसीमा संकलित रकम अनाथ बालबालिकालाई

विराटनगर । धनकुटाका पत्रकारहरूले देउसी खेलेर संकलन गरेको रकमले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । धनकुटाको श्रीपञ्चमी पार्कस्थित बाल पुनःस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

पत्रकार महासंघका कोषाध्यक्षसमेत रहेका प्रेस चौतारीका अध्यक्ष रविन कटेलसहितको टोलीले चार दिन देउसीभैलो खेलेका थिए । सोही रकमबाट पुनःस्थापना केन्द्रका १३ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको देउसीभैलो कार्यक्रमका समन्वयकर्ता रमेशचन्द्र अधिकारीले जानकारी दिए ।

उनीहरूलाई कपी, कलम, पेन्सिल, इरेजर, ड्रोइङ पेपर लगायत शैक्षिक सामग्री प्रदान गरिएको हो । पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता बराइली, पूर्व केन्द्रिय सदस्य गोपाल बराइली, महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राई, सचिव हरीबहादुर लम्जेल, सल्लाहकारहरू सन्तवीर लामा, भेषराज कटेल, सोविस चेम्जोङ, सन्तोष रुचाल, पत्रकारहरू मानवी तामाङ, जानु तामाङ, सन्तोष सुवेदी, कुमार बस्नेत, विपिन दाहाल लगायतले सामग्री हस्तान्तरण गरेका छन् ।

पुनःस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई पढाईमा केही सहयोग पुर्याउने उद्देश्यले देउसीभैलोको पैसाबाट सहयोग प्रदान गरिएको देउसी टोलीका समन्वयकर्ता सन्तवीर लामाले जानकारी दिए ।

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १२:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid