काठमाडौं ।।
काठमाडौंमा प्रदर्शनरत युवा संघको टोली तीनकुने पुगेको छ। भक्तपुरबाट र्यालीसहित आएको युवा संघका कार्यकर्ताहरूको टोली तीनकुने पुगेको हो। प्रशासनले आज हुने प्रदर्शनका लागि युवा संघलाई तीनकुनेमा स्थान तोकिदिएको छ। संगठनका ईन्चार्ज समेत रहेका महेश बस्नेतको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरू पार्टी कार्यालय च्यासल हुँदै कार्यक्रमस्थल तीनकुने पुगेका हुन्। उनीहरूलाई प्रहरीले स्कटिङसहित भक्तपुरबाट तीनकुने पुर्याएको थियो। उता, दुर्गा प्रसाईंका कार्यकर्ता पनि भक्तपुरको सानोठिमिस्थित चौरमा जम्मा भएका छन्।
त्यहाँ अहिले प्रसाईं पक्षका झण्डै ३ सय कार्यकर्ता जम्मा भएको भक्तपुरका प्रहरी प्रमुख एसपी वेद विष्टले जानकारी दिए। प्रहरीका अनुसार प्रसाईंको नेतृत्वमा उक्त र्याली पेप्सिकोला–कोटेश्वर–सातदोबाटो हुँदै बल्खु पुग्नेछ। प्रसाईंको र्यालीलाई पनि प्रहरीले स्कटिङसहित कार्यक्रमस्थल पुर्याउनेछ। दुई पक्षबीच झडप हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ। काठमाडौँका विभिन्न क्षेत्रमा आज प्रसाईं र युवा संघको छुट्टाछुट्टै प्रदर्शन भइरहेको छ। युवा संघको भने तीनकुनेमा प्रदर्शनका लागि प्रशासनले ठाउँ तोकिएको छ।