May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

५ अर्ब ५७ करोड ऋणको खाडलमा दुर्गा प्रसाईं

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १५:२३
५ अर्ब ५७ करोड ऋणको खाडलमा दुर्गा प्रसाईं
  • दुर्गा प्रसाईंले बैंकबाट लिएको कर्जा (ऋण) को चर्चा हुँदै 
  • ऋण मिनाहा हुने आशामा रहेका सर्वसाधारणको साथ 
  • ऋणीले ऋण तिर्न नसकेकाको ऋण मिनाहा गर्ने सुरमा छन् दुर्गा प्रसाईं

काठमाडौँ ।।

पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकबाट लिएको कर्जा (ऋण) को चर्चा भइरहेको छ। आफैँले ठूलो मात्रामा बैंकबाट ऋण लिएका उनले अरुको ऋण पनि मिनाहा गराउने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। सोहीकारण बैंक तथा वित्तीय संस्थाका कतिपय ऋणीले उनलाई समर्थन गरेका छन्। बैंकहरूले ब्याज बुझाउन दबाब दिएपछि प्रसाईंले ब्याज माग्न आउने बैंकरलाई मोसो दल्नुपर्ने बताए। ऋणीले ऋण तिर्न नसकेर लघुवित्तहरुमा समस्या देखिएको बेला प्रसाईंले सोही अभिव्यक्तिका कारण थुप्रैको समर्थन पाए।

त्यसैलाई प्रयोग गरेर अहिले उनले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ भन्दै व्यवस्थाविरोधी आन्दोलनको नेतृत्व समेत गरिरहेका छन्। जसमा राजनीतिक दलबाट निराश बनेका मानिसहरुदेखि, राजावादी र ऋण मिनाहा हुने आशामा रहेका सर्वसाधारण समेत सहभागी छन्। प्रसाईंले बीएन्डसी मेडिकल कलेज तथा टिचिङ एन्ड रिसर्च सेन्टर प्रालि सञ्चालनको लागि बैंक र फाइनान्स कम्पनीबाट ५ अर्ब ५७ करोड कर्जा लिएका छन्। सहवित्तीयकरणमा बीएन्डसीलाई बैंक र फाइनान्स कम्पनीहरुले ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ लगानी गरेका हुन्।

बीएन्डसीमा ग्लोबल आईएमई बैंक (तत्कालीन जनता बैंक) को अगुवाइमा ऋण लगानी भएको थियो। कुमारी बैंक (तत्कालीन नेपाल क्रेडिट एन्ड कमर्स), नबिल (तत्कालीन नेपाल बंगलादेश बैंक), राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक, गुडविल फाइनान्सले पनि प्रसाईंको व्यवसायमा लगानी गरेका थिए। नेपाल राष्ट्र बैंक स्रोतका अनुसार प्रसाईंले नबिल बैंकबाट ७६ करोड, प्रभुबाट १ अर्ब २० करोड, तत्कालीन एनसीसी अर्थात् हालको कुमारी बैंकबाट १ अर्ब, राष्ट्रिय वाणिज्य बैंकबाट ७० करोड, तत्कालीन मेगा अर्थात् हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख, गुडविल फाइनान्सबाट ११ करोड र तत्कालीन जनता बैंक अर्थात् हालको ग्लोबल आईएमईबाट १ अर्ब रुपैयाँ ऋण लिएका छन्।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १५:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट