sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राप्रपाको बन्दले महेन्द्रनगर ठप्प

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १५:३0
राप्रपाको बन्दले महेन्द्रनगर ठप्प
  • पक्राउ परेका १८ जनाको रिहाइको माग गर्दै राप्रपाद्वारा महेन्द्रनगर बन्द 
  • बजार अनिश्चितकालीन बन्दको आह्वान
  • लामो तथा छोटो दूरीका सवारीसाधन केहि चल्न दिईएन 

धनगढी ।।

शहीद भीमदत्त पन्तको शालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका १८ जनाको रिहाइको माग गर्दै राप्रपाले महेन्द्रनगर बजार बन्द गरेको छ । राजसंस्था पुनःस्थापनाको माग गर्दै शुक्रबार भएको प्रदर्शनका क्रममा स्थानीय भीमदत्त उद्यान (पार्क) भित्र प्रवेश गरेर शहीद पन्तको शालिक तोडफोड गरेको आरोपमा प्रहरीले राप्रपाका जिल्ला सचिव शिशिर थापासहितका १८ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुको निशर्त रिहाइको माग गर्दै राप्रपाले शनिबार महेन्द्रनगर बजार अनिश्चितकालीन बन्दको आह्वान गरेको हो । राप्रपाको बन्दका कारण कञ्चनपुर सदरमुकाम समेत रहेको महेन्द्रनगरको जनजीवन प्रभावित बनेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले बन्दका कारण बजार व्यवसाय सञ्चालन हुन नसकेको बताए । महेन्द्रनगरबाट लामो तथा छोटो दूरीका सवारीसाधन समेत चल्न सकेका छैनन् ।

राप्रपाको प्रदर्शनका क्रममा भीमदत्त उद्यानको मूल गेटमा लेखिएको नाम र शहीद भीमदत्त पन्तको शालिक शुक्रबार तोडफोड भएको थियो । महेन्द्रनगर बजार क्षेत्रमा प्रदर्शन गर्न निस्किएको भीड एकाएक पार्कभित्र प्रवेश गर्दै तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो । प्रहरीले शालिक तोडफोडमा संलग्न भएको भन्दै राप्रपाका जिल्ला सचिव शिशिर थापा, कोषाध्यक्ष दिनेश श्रेष्ठ, महिला नेतृ हेलेन श्रेष्ठ, लक्ष्मी मल्ल, विद्यार्थी नेता प्रेम रावलसहितका १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई आइतबार अदालत पेश गर्ने तयारी गरेको छ ।

राप्रपाले भने भ्रष्टाचारविरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप लगाएको छ । जिल्ला अध्यक्ष गजेन्द्रबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेर पक्राउ गरेका १८ जना नेता तथा कार्यकर्ताको निशर्त रिहाइको माग गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाले भने शहीद भीमदत्तको शालिक तोडफोडमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले शालिक तोडफोड गर्नेलाई कारवाही गर्नुपर्ने माग गरेका हुन् ।

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १५:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid