काठमाडौं ।।
मनकामना केबलकार २६ वर्षमा प्रवेश गरेको छ । मनकामना दर्शन प्रालिले २५ वर्ष पहिले आफ्नो सेवा सुरु गरेको थियो । केबलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नति गरिने सञ्चालक राजेशबाबु श्रेष्ठले बताए । सञ्चालक श्रेष्ठका अनुसार कम्पनीको व्यावसायिक योजनाअनुसार यही वर्षभित्र एक अर्ब रुपैयाँ लागतमा डिजिटल प्रविधिमा स्तरोन्नति गरिनेछ । हाल एनालग प्रविधिमार्फत सञ्चालन हुँदै आएको केबलकारको स्पेयर पार्ट्स पाउन कठिनाइ भएकाले डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको हो ।