काठमाडौं ।।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रबाट मुलुकलाई कसैले पछाडि फर्काउन नसक्ने बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले गणतन्त्रको विकल्प नभएको उल्लेख गरे । गणतन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको उनको भनाइ छ ।
गणतन्त्रविरोधी गतिविधिबाट आफूहरू नअत्तालिएको उनले बताए । गठबन्धन नेतृत्वको सरकारको आलोपालोका विषयमा सोधिएको प्रश्नमा सभापति देउवाले ‘पछि थाहा हुने’ बताए । देउवासँगै चितवन गएका कांग्रेस नेता डा. शशांक कोइरालाले सरकारका कामप्रति नागरिक पूर्ण रूपमा सन्तुष्ट नहुँदा व्यवस्थामाथि नै प्रश्न उठाइएको उल्लेख गरे ।