sweet bonanza
March 1, 2026 | आइतवार, फाल्गुन १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापामा पुर्वराजा ज्ञानेन्द्र शाहद्धारा उदघाटन गरिएको श्री ५ लेखेको सिलालेख हटाउन लगाइयो

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १५:२४
झापामा पुर्वराजा ज्ञानेन्द्र शाहद्धारा उदघाटन गरिएको श्री ५ लेखेको सिलालेख हटाउन लगाइयो

पुर्वराजा ज्ञानेन्द्र शाहद्धारा उदघाटन गरिएको पृथ्वीनारायण शाहको सालिकमा श्री ५’ लेखेर अनावरण गर्न लगाएको बिर्तामोड १ स्थित इकम कलेजमाथि कार्वाही प्रक्रिया अगाडि वढाइएको छ ।

सो कलेजको दर्ता खारेजीको लागि प्रक्रिया अगाडि बढाइने भएको हो । कलेजले बहालवाला राजा सरह पूर्वराजा ज्ञानेन्द्र शाहबाट सालिक अनावरण गर्न लगाउँदै देशमा राजतन्त्र भएजसरी ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहको करकलमबाट बिर्तामोड नगरपालिका वडा नं १ झापामा रहेको इकम कलेजको प्रांगणमा स्थापित राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण एवं कलेजको विधिवत समुद्घाटन कार्य सुसम्पन्न भयो । इति सम्वत् २०८० साल ०८ महिना ०९ गते रोज शुभम् ’लेखिएको शिलालेख राखेको थियो ।

 

इकम कलेजले संबिधानको ठाडो उल्लंघन गरेकाले दर्ता खारेजीको प्रक्रिया अगाडि बढाइने बिर्तामोड १ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेले बतानुभयो । पाण्डेले इकम कलेजसंग पत्र पठाएर स्पष्टीकरण सोधिने र दर्ता खारेजीका लागि बिर्तामोड नगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरिने बताउँनुभयो । चौतर्फी विरोधपछि इकम कलेजको प्रांगणबाट ‘श्री ५’ लेखिएको शिलालेख हटाइएको थियो । कलेजका संचालकहरुले आफूहरुबाट त्रुटि भएको स्वीकार गरिसकेका छन् । सालिक अनावरण गर्नेक्रममा राखिएको शिलालेखको भाषामा त्रुटि भएको महसुस भएपछि त्यसलाई हिजैै हटाइएको कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्की बताउँनुभयो । उनले दुई–तीन दिनपछि निर्माण हुने अर्को शिलालेखमा ‘श्री ५’ को सट्टा पूर्व राजा भनेर लेखिने जानकारी दिनुभयो ।

यसअघि शिलालेखमा ‘श्री ५’ लेखेपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पनि स्पष्टीकरण सोध्नुभएको थियो । त्यसपछि कलेज प्रशासनले शिलालेख हटाएको थियो । पूर्वराजा शाहले सालिक अनावरणसँगै सोही दिन विधिवत उद्घाटन पुर्वराजा ज्ञानेन्द्रबाट गरिएको थियो । इकम कलेज विगत ८ बर्षदेखि संचालित छ । इकम कलेजले होटल म्यानेजमेन्ट, बिज्ञान र व्यवस्थापन संकायको कक्षा संचालन गर्दै आएको छ । पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रमलाई राजावादीहरुले झापामा शक्ति प्रदर्शनकै रुपमा लिएका थिए ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १५:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid