sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तौल घटाउनका लागि कसरी पिउने कफी ?

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० ११:२२
तौल घटाउनका लागि कसरी पिउने कफी ?

कफी पिएर दिनको सुरुवात गर्न चाहनेमध्ये तपाईं पनि पर्नुहुन्छ भने यो खबर तपाईंकै लागि हो । कफीले शरीरलाई ऊर्जावान् राख्छ र मेटाबोलिजम दरलाई तेज गर्न मद्दत गर्छ । कफीमा भएको पोटासियम, म्याग्नेसियम, फाइबर र एन्टिअक्सिडेन्ट्सले तौल घटाउनुका साथै मेटाबोलिजमलाई पनि बढाउँछ । कफी पिउँदा पेट लामो समयसम्म भरिएको महसुस हुन्छ त्यसैले पनि तपाईंलाई के खाऊँ, के खाऊँ जस्तो हुँदैन । तौल कम गर्नका लागि दूध हालेर नभई चार प्रकारको कफी बनाएर पिउन सक्नुहुन्छ । यसबारे जानकारी लिन एक भारतीय सञ्चार माध्यमले भारतको फिट क्लिनिककी डायटिसियन सुमनसँग कुराकानी गरेको छ ।

दालचिनी कफी

तौल कम गर्नका लागि ब्ल्याक कफीमा दालचिनी हालेर पिउन सक्नुहुन्छ । दालचिनीमा भएको एन्टिअक्सिडेन्टले मेटाबोलिजमलाई बढाउँछ र तौल कम गर्न मद्दत गर्छ । यो कफी पिउँदा लामो समयसम्म भोक लाग्दैन र प्रतिरोधी क्षमता पनि बलियो हुन्छ ।

कागती हालेको कफी

तौल कम गर्नका लागि कागती मिसाएको कफी एक उत्कृष्ट विकल्प हो । यो कफीले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्नुका साथै शरीरको प्रतिरोधी क्षमता बढाउँछ । यो कफीमा पाइने तत्त्व क्याफिन, सिट्रिक एसिड र भिटामिन सीले तौल घटाउन मद्दत गर्छ । यो कफीले मेटाबोलिजमलाई पनि बढाउँछ । यो कफी बनाउनका लागि १ कप कफीमा आधा चम्चा कागतीको रसलाई कपमा हाल्नुहोस् । यति गरेपछि तपाईंको कागती कफी तयार हुन्छ ।

ब्ल्याक कफी

तौल कम गर्नका लागि ब्ल्याक कफी पिउन सकिन्छ । ब्ल्याक कफी पिउँदा मेटाबोलिक रेट तेज हुन्छ । त्यसैले तौल घट्छ र पेटको बोसो पनि कम हुन्छ । ब्ल्याक कफीले तपाईंलाई ऊर्जावान् राख्छ र शरीरलाई स्वस्थ पनि राख्छ । यसको स्वाद बढाउनका लागि यसमा एक चुट्की जाइफलको पाउडर पनि मिसाउन सक्नुहुन्छ ।

डार्क चकलेट कफी

तौल कम गर्न चाहने धेरै मानिस यस्तो कफी पिउन डराउँछन् । तर स्मरण रहोस्, मोनोअनस्याचुरेटेड फ्याटी एसिडले मेटाबोलिजमलाई तेज बनाउँछ । त्यसैले तौल तीव्र रूपमा घट्छ । यस्तो कफी पिउँदा लामो समयसम्म भोक लाग्दैन । त्यसैले तौल कम हुन्छ ।

तौल कम गर्नका लागि तपाईंले यी कफी पिउन सक्नुहुन्छ । तर यदि तपाईंलाई कुनै रोग वा एलर्जीको समस्या छ भने यो खानुभन्दा अघि डाक्टरको सल्लाह लिनुहोस् ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० ११:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid