sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सिंहदरबारको सोच ‘सबै दलितले खाइसक्यो’ : अध्यक्ष

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १३:४९
सिंहदरबारको सोच ‘सबै दलितले खाइसक्यो’ : अध्यक्ष
  • जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको आरोप
  • राज्यले दलित समुदायप्रति बेवास्ता गरिरहेको आरोप
  • जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको छ : दलित आयोग

काठमाडौँ।।  

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको आरोप लगाएका छन्। भक्तपुरको घ्याम्पे डाँडामा बुधबार सुरु ‘राष्ट्रिय दलित आयोगको रणनीतिक योजना (२०८०-८१-२०८४-८५) को मस्यौदा छलफल कार्यक्रम’लाई सम्बोधन गर्दै आयोगका अध्यक्ष विश्वकर्माले राज्यले दलित समुदायप्रति बेवास्ता गरिरहेको आरोप लगाएका हुन्।

‘एउटा तप्का जातपात प्रथा जोगाउन चाहन्छ, त्यसको नेतृत्व सिंहदरबारले गरिरहेको छ’, उनले भने, ‘सिंहदरबार दलित शब्द भनेपछि सुन्नै चाहँदैन, त्यहाँका मानिस दलित लेख्नपर्‍यो भने हात कपाउँछन्, लेख्नै चाहँदैनन्।’ राज्यले सरकारी दस्तावेजहरूबाट क्रमशः दलित शब्द हटाउँदै लगेको उनको दाबी छ। पहिले दलितका लागि छुट्याइने छात्रवृत्ति अहिले विपन्नको नाममा मात्र दिने गरेको अध्यक्ष विश्वकर्माले बताए। यसले गर्दा छात्रवृत्तिको सुविधाबाट दलित समुदायका बालबालिका वञ्चित हुन थालेको उनको भनाइ छ।

पछिल्लो समय सिंहदरबारको सोच ‘सबै दलितले खाइसक्यो’ भन्ने रहेको उनको आरोप छ। राज्यले पर्याप्त स्रोत-साधन दिए मात्र दलित आयोगले आफ्नो काम गर्नसक्ने उल्लेख गर्दै उनले यसमा पनि बेवास्ता गरिएको गुनासो गरे। ‘पाँच जना कर्मचारी नियुक्ति गर्देर चुपो लागेर बस्छ राज्य’, उनले भने, ‘आयोगमा सचिव पद खाली भएको ३ महिना भइसक्यो, अहिलेसम्म सरकारले पठाएको छैन, अरू पद पनि खाली नै छन्।’ बुधबार र बिहीबार २ दिन चल्ने कार्यक्रमले दलित आयोगको आगामी ५ वर्षसम्मको व्यवस्थित योजना निर्माण गर्ने अध्यक्ष विश्वकर्माले जानकारी दिए। कार्यक्रममा दलित क्षेत्रका विज्ञ, दलित अधिकारकर्मी, दलित समुदायका अधिवक्ता, बुद्धिजीवी, पत्रकार सहभागी छन्।

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १३:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid