sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

धनुषामा १३ जोडीले गरे दाइजोमुक्त विवाह

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १५:४४
धनुषामा १३ जोडीले गरे दाइजोमुक्त विवाह
  • १३ जोडीले सामूहिक रूपमा बिना दाइजोको गरे विवाह 
  • उनीहरूको विवाह १७ मिनेटमै सम्पन्न
  • अभिभावकको अनुमति एवं उपस्थिति अनिवार्य हुनुपर्ने 

जनकपुरधाम ।।

धनुषामा एउटै मञ्चमा १३ जोडीले सामूहिक रूपमा बिना दाइजोको विवाह गरेका छन् । मिथिला नगरपालिका–२ स्थित सतलोक आश्रममा उनीहरूले दाइजोमुक्त विवाह गरेका छन् । शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१० औँ तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा एउटै मञ्चमा सोमबार १३ जोडीको अन्तरजातीय एवं आदर्श विवाह गराइएको छ । उनीहरूको विवाह १७ मिनेटमै सम्पन्न भएको थियो । असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामूहिक विवाह गराइएको शन्त रामपालका अनुयायी इश्वरदत्त भट्टले बताए ।

‘विवाह हुने चार जोडी नेपाल र ९ जोडी भारतका छन् । यो विवाहलाई रमेणी विवाह पनि भनिन्छ । ‘यो विवाह पूर्णतः आदर्श एवं दाइजो मुक्त हुन्छ,’ भट्टले भने, ‘जातीय वा अन्तरजातीयमा विवाह गर्नु पूर्व सबै जोडीका अभिभावकको अनुमति एवं उपस्थिति अनिवार्य हुनुपर्छ ।’ आइतबारदेखि सुरु भएको तीन दिवसीय दिव्य धर्म यज्ञमा शन्त गरिबदास महाराजको अमरवाणी अखण्ड पाठ, रक्तदान शिविर, विशाल भण्डारा तथा दाइजोमुक्त विवाह कार्यक्रम भइरहेको भट्टले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १५:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid