April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

धनुषामा १३ जोडीले गरे दाइजोमुक्त विवाह

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १५:४४
धनुषामा १३ जोडीले गरे दाइजोमुक्त विवाह
  • १३ जोडीले सामूहिक रूपमा बिना दाइजोको गरे विवाह 
  • उनीहरूको विवाह १७ मिनेटमै सम्पन्न
  • अभिभावकको अनुमति एवं उपस्थिति अनिवार्य हुनुपर्ने 

जनकपुरधाम ।।

धनुषामा एउटै मञ्चमा १३ जोडीले सामूहिक रूपमा बिना दाइजोको विवाह गरेका छन् । मिथिला नगरपालिका–२ स्थित सतलोक आश्रममा उनीहरूले दाइजोमुक्त विवाह गरेका छन् । शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१० औँ तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा एउटै मञ्चमा सोमबार १३ जोडीको अन्तरजातीय एवं आदर्श विवाह गराइएको छ । उनीहरूको विवाह १७ मिनेटमै सम्पन्न भएको थियो । असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामूहिक विवाह गराइएको शन्त रामपालका अनुयायी इश्वरदत्त भट्टले बताए ।

‘विवाह हुने चार जोडी नेपाल र ९ जोडी भारतका छन् । यो विवाहलाई रमेणी विवाह पनि भनिन्छ । ‘यो विवाह पूर्णतः आदर्श एवं दाइजो मुक्त हुन्छ,’ भट्टले भने, ‘जातीय वा अन्तरजातीयमा विवाह गर्नु पूर्व सबै जोडीका अभिभावकको अनुमति एवं उपस्थिति अनिवार्य हुनुपर्छ ।’ आइतबारदेखि सुरु भएको तीन दिवसीय दिव्य धर्म यज्ञमा शन्त गरिबदास महाराजको अमरवाणी अखण्ड पाठ, रक्तदान शिविर, विशाल भण्डारा तथा दाइजोमुक्त विवाह कार्यक्रम भइरहेको भट्टले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १५:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट