May 24, 2024 | शुक्रबार, जेष्ठ ११, २०८१
सुचनाहरु
दीपेन्द्रले चोटका कारण ह्युस्टनसँगको २ अभ्यास खेल गुमाउने बालेनले संघीय सरकारलाई भने– कि आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदल बैठक सुरु सिरोहियालाई म्याद थपका लागि अदालत लैजाने प्रहरीको तयारी प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबिच भेटबार्ता आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? सन्दीपको भिसाका लागि दबाब अभियान सुरु काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा खानेपानीको कुच्चिएको जार तथा बोतलहरूमा महानगरको नजर आज २५६८औं बुद्ध जयन्ती मनाइँदै सुनको भाउ घट्यो १५.५४ अंकले बढ्यो नेप्से सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ रास्वपाले भन्यो- अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन केदार कार्कीले दायर गरेको रिट ढुंगाना र ढकालको संयुक्त इजलासमा कैलाश सिरोहिया पक्राउबारे बढ्ता होहल्ला गर्न जरुरी छैन : प्रधानमन्त्री कान्तिपुरका अध्यक्ष सिरोहियालाई धनुषा अदालतमा उपस्थित गराइयो

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर १४ देखि, २१० वटा स्टलहरू रहने

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १५:४0
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर १४ देखि, २१० वटा स्टलहरू रहने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर १४ देखि १८ गतेसम्म काठमाडौँमा हुने भएको छ । मेलाको सभामुख देवराज घिमिरेले उद्घाटन गर्नेछन् ।

भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि अधिकांश स्टल बुकिङ भैसकेका छन् । मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशहरूको सहभागिता रहने छ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभेलियन र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टल सहितको पेभेलियन रहने छ ।

त्यस्तै मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेशर पाकिस्तानबाट ८/८ वटा स्टलहरू रहने छन् । २१० वटा स्टलहरू मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ ।

नेपाल सरकार/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा मेला आयोजना हुँदै आएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नवौँ संस्करण हो ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा नेपालको औद्योगिक व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिइएको छ । सो अवसरमा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डल बिच छलफल एवं बिजनेस म्याचमेकिङ कार्यक्रम समेत राखिएको छ ।

उक्त छलफल कार्यक्रममा कृषि, जडीबुटी, औषधी, हस्तकला एवं दैनिक उपभोग्य वस्तुका विषयमा छलफल हुनेछ । मेलामा आईएमई पे प्रमुख प्रायोजक रहने छ भने इन्सुरेनस पार्टनरको रूपमा सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी प्रा. लि. रहनेछ । सह प्रायोजक हेरिटेज फ्लोरिङ एन्ड कार्पेटिङ इन्डस्ट्री र आईएमएस ग्रुप रहने छ । मेलामा इन्टरनेट पार्टनरको रूपमा मर्केन्टाइल कम्युनिकेसन प्रा.लि. रहने छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १५:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्