May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

‘दुई कदम’को ‘ए मेरा बाबैनी’ गीतमा वर्षा र इओनको रोमान्स

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १६:0८
‘दुई कदम’को ‘ए मेरा बाबैनी’ गीतमा वर्षा र इओनको रोमान्स

काठमाडौँ । मंसिर २९ गतेबाट प्रदर्शनमा आउने फिल्म दुई कदमको गीत ‘ए मेरा बाबैनी’ सार्वजनिक भएको छ । अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता इओन लिम्बुको अभिनय रहेको गीतमा वर्षाको नृत्य आकर्षक छ । वर्षा फिल्मको यही गीतमा मात्र देखिनेछिन् । गीतमा उनको केमेष्ट्री अभिनेता लिम्बुसँग निकै जमेको देख्न सकिन्छ ।

आशिष अविरलको संगीत रहेको गीतमा निरुषा भट्टराईको शब्द तथा स्वर छ । कविराज गहतराजे कोरियोग्राफी रहेको गीतलाई सौरभ लामाले खिचेका हुन् ।

उदय सुब्बा निर्देशित फिल्ममा इओनको अलवा सिमोन गिरि सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म तारा देवी लिम्बुको लगानीमा बनेको हो । दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व , रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको फिल्म रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्न लागेको हो ।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १६:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट