April 5, 2025 | शनिबार, चैत्र २३, २०८१
सुचनाहरु
यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा तिनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सबिनको परीवारलाई  सरकारले १०–१० लाख दिने

३ नेपालीको युक्रेन युद्धमा मृत्यु

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० ११:३६
३ नेपालीको युक्रेन युद्धमा मृत्यु
  • रुसी सेनामा आबद्ध रहेका तीन जना नेपालीको मृत्यु
  • रुस र युक्रेनबीचको युद्धका नेपालीहरू परे
  • निजहरूको परिवारलाई राजदूतावासले मन्त्रालयलाई पत्राचार

काठमाडौं ।।

रुसी सेनामा आबद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको युद्धका क्रममा उनीहरूको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ।

नेपालीको मृत्युबारे रुसी सरकारले मस्कोस्थित नेपाली राजदूतावासलाई मृत्यु सर्टिफिकेटसहित टेलिग्राममार्फत जानकारी गराएको थियो। त्यसपछि नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको हो। दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार ५ ठूलास्वाराका प्रितम कार्र्की, दोलखा मेलुङ ६ सुनारपानीका राजकुमार रोक्का र इलाम ५ इलामका गंगाराज मोक्तान छन्।

‘नेपाली नागरिकको रुसी सेनामा कार्यरत रहेको अवस्थामा मृत्यु भएको जानकारीसहित रुसी सेनाका अधिकारीबाट टेलिग्राममार्फत ‘मेडिकल डेथ सर्टिफिकेट’ प्राप्त भएको छ,’ नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको पत्रमा भनिएको छ, ‘मृतकहरूको  शव व्यवस्थापन लगायतका कार्यमा परिवारसँग समन्वय गर्नुपर्ने भएकाले रुसी सेनाबाट प्राप्त मेडिकल डेथ सर्टिफिकेट र सोको अनौपचारिक अंग्रेजी अनुवाद एवं अन्य कागजातहरू त्यहाँको जानकारी तथा आवश्यक कार्यार्थ यसै पत्रसाथ संलग्न गरी प्रेसित गरिएको बेहोरा निर्देशानुसार अनुरोध छ।’

रुसी सेनामा रहेका नेपालीहरूको गत १५ नोभेम्बर (कात्तिक २९) गते मृत्यु भएको हो। रुसी सेनाले पछिल्लो समय नेपालीहरूलाई सहयोगीका रूपमा राख्दै आएको छ। रूसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपाली मारिएको घटनाको रुसी सेनामा विस्तृत सोधखोज भइरहेको जानकारी दिए। रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपालीहरू पनि रहेको सूचना बाहिर आइरहेका बेला तीन नेपाली मारिएकै घटना सार्वजनिक भएको हो।

रुस–युक्रेन युद्धमा रुसको पक्षबाट लड्न सहयोगी सेनाका रूपमा  झन्डै २ सय नेपाली रहेको अनुमान नेपाली राजदूतावासको छ।  शवको यथाशीघ्र व्यवस्थापनका लागि निजहरूको परिवार र राजदूतावासबीच सम्पर्क बनाउनका लागि सहजीकरण गरिदिन भन्दै मंगलबार राति राजदूतावासले मन्त्रालयलाई पत्राचार गरेको छ।

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० ११:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट