sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

सर्वोत्तमको आईपीओको लागि १८ हजार ४५ रुपैयाँ चाहिने

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० १२:४६
सर्वोत्तमको आईपीओको लागि १८ हजार ४५ रुपैयाँ चाहिने
  • आईपीओ लागि कम्तीमा १८ हजार रुपैयाँ चाहिने 
  • आईपीओमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने 
  • सो मौज्दात रकम बैंक खातामा नभएको खण्डमा आवेदन स्वतः रद्द हुने 

काठमाडौं ।।

सर्वसाधारणलाई सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) भर्न कम्तीमा १८ हजार रुपैयाँ चाहिने भएको छ । कम्पनीको आईपीओ मूल्य प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा पर्ने भएको छ । बुक बिल्डिङ पद्दतीमार्फत पहिलो पटक खुल्न लागेको यो आईपीओमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्छ । जसले गर्दा सर्वसाधारणलाई कम्तीमा १८ हजार ४५ रुपैयाँ चाहिने भएको हो । सो मौज्दात रकम बैंक खातामा नभएको खण्डमा आवेदन स्वतः रद्द हुन जानेछ ।

आईपीओ बाँडफाँटका क्रममा पर्ने लगानीकर्ताले कम्तीमा ५० कित्ता नै सेयर पाउने छन् । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) संस्थागत लगानीकर्ताहरुलाई बाँडफाँट गर्ने क्रममा ‘कटअफ प्राइस’ ४०१ रुपैयाँ तय भएको थियो ।बुक बिल्डिङ निर्देशिकाअनुसार संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई सेयर जारी हुन्छ । कटअफ मूल्य ४०१ रुपैयाँ हुँदा त्यसको १० प्रतिशत अर्थात् प्रतिकित्ता ४० रुपैयाँ १० पैसा कममा सर्वसाधारणलाई जारी गरिनुपर्ने व्यवस्था छ । यसअनुरुप सर्वसाधारणलाई ३६० रुपैयाँ ९० पैसा पर्ने भएको हो।

सर्वोत्तमले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर पहिले योग्य संस्थागत लगानीकर्तालाई प्रदान हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात ३६ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी हुनेछ ।

यस्तो छ सर्वोत्तमको कम्पनी 

नवलपरासीको सुनवल नगरपालिकामा सर्वोत्तम सिमेन्ट उद्योग सञ्चालनमा छ । दैनिक ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिंकर उत्पादन क्षमताको उद्योग रहेको कम्पनीले सार्वजनिक गरेको आहृवान पत्रमा उल्लेख छ । पाल्पाको तिनाउँ तथा निस्दी गाउँपालिकामा कम्पनीले चुनढुंगा खानीको अनुमति लिएको छ । यसका सहायक कम्पनीहरु सर्वोत्तम होल्डिङ्स र सवोत्तम इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा छन् । अर्थतन्त्रमा देखिएको शिथिलताले गर्दा निर्माण क्षेत्रमा परेको असरले सर्वोत्तम सिमेन्टको पनि बिक्री आम्दानी खस्केको छ ।

गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ १९ पैसा छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा छ । सो अवधिसम्म कम्पनीको जगेडा कोष तीन अर्ब ४५ करोड रुपैयाँ बराबर छ । आर्थिक वर्ष २०७७/७८ मा ८ अर्ब ९३ करोड ७८ लाख पुगेको कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ८८ करोड १५ लाखमा झरेको थियो । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी पाँच अर्ब ३८ करोड ३ लाखमा झरेको छ ।

सञ्चालन आम्दानीमा कमी आउँदा कम्पनीको नाफा प्रभावित बन्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले २०७८/७९ मा ४६ करोड ७६ लाख र २०७९/८० मा २० करोड ७५ लाख मात्रै खुद नाफा कमाएको छ । कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ३ वर्ष ९ महिना रहेको र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना प्रक्षेपण छ । इक्रा नेपालले कम्पनीलाई ट्रिपल बी रेटिङ प्रदान गरेको छ ।

कम्पनी समयमा नै वित्तीय दायित्व वहन गर्न मध्यमस्तरको क्षमतामा रहेको जनाउँछ । इक्राले सबैभन्दा सुरक्षित कम्पनीलाई ट्रिपल ए रेटिङ प्रदान गर्दछ भने कमजोर स्तरको कम्पनीलाई डी रेटिङ प्रदान गर्दछ । २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म कम्पनीको दिर्घकालीन ऋणसहितको दायित्व ६५ करोड ५४ लाख रुपैयाँ छ ।

चालु पुँजी प्रकृतिको दायित्व ३ अर्ब ३५ करोड रुपैयाँसहित कुल चालु दायित्व ५ अर्ब ११ करोड रुपैयाँ रहेको विवरणपत्रमा उल्लेख छ । हालै सूचीकृत भएको घोराही र सोनापुर मिनरल्सको तुलनामा कम्पनीको ऋण दायित्व न्युन देखिन्छ । कम्पनीले लिएको ऋणमा वाषिर्क १०.५० प्रतिशत ब्याज बुझाउँदै आएको जनाएको छ ।

कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपाने हुन् । उनले २८.९७ प्रतिशत सेयर स्वामित्व लिएका छन् । अन्य सञ्चालकहरुमा विमलकुमार सवार्थिया, टिकाराम न्यौपाने, दिवस न्यौपाने, तेन्जिङ लाक्देन तामाङ छन् । कम्पनीमा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना र स्वतन्त्र व्यवसायिक सञ्चालक १ जनासहित ७ जना सञ्चालक हुनेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसी हुन् ।

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० १२:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid