May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

नेपाललाई अभिनाशले सातौँ सफलता दिलाए

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १0:३३
नेपाललाई अभिनाशले सातौँ सफलता दिलाए
  • आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटमा
  • नेपालका अभिनाश बोहराले सातौँ सफलता दिलाए
  • जारी खेलको १५ ओभर सकिँदा ओमानले सात विकेट गुमाएर १०१ रन बनायो 

काठमाडौं ।।

आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध नेपालका अभिनाश बोहराले सातौँ सफलता दिलाएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको ओमानले १५औँ ओभरमा कप्तान जिसान मक्सुदलाई गुमाएको हो । अभिनाशले मक्सुदलाई विकेटकिपर आसिफ सेखबाट क्याच गराए ।

जारी खेलको १५ ओभर सकिँदा ओमानले सात विकेट गुमाएर १०१ रन बनाएको छ ।त्यसअघि, सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिएका थिए । करण केसी र गुल्सन झाले समान एक विकेट लिए । नेपाल आज लगातार तेस्रो जितसहित समूह ‘ए’को विजेता बन्ने लक्ष्यमा छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरलाई आठ र मंगलबार दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १0:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।