September 29, 2024 | आइतवार, अशोज १३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

रास्वपाले सबै सांसदलाई केन्द्रीय सदस्य बनायो

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० १५:५९
रास्वपाले सबै सांसदलाई केन्द्रीय सदस्य बनायो
  • सबैलाई केन्द्रीय सदस्य बनाइयो 
  • केन्द्रीय सदस्य हुने प्रस्ताव पनि पारित
  • विधानमा १२१ भए पनि हाल ३८ जना मात्र

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाएको छ ।  सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पार्टीका प्रदेश सभापति पदेन केन्द्रीय सदस्य हुने प्रस्ताव पनि पारित गरेको छ । सांसद भएका तर केन्द्रीय सदस्य नरहेका सबैलाई केन्द्रीय सदस्य बनाउने भनेर केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्तावमा गएराति सहमति भएको थियो ।

प्रतिनिधि सभामा रास्वपाका ९ महिला र १२ पुरुष गरी २१ जना सांसद छन् । रास्वपाको विधानमा १२१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था भए पनि हाल ३८ जना मात्र छन् ।यसअघि बैठकमा महाधिवेशनको विधि प्रक्रियाको विषयमा छलफल भएको थियो भने संसदीय फाँटको रिपोर्टिङ प्रमुख सचेतक सन्तोष परियारले गरेका थिए । प्रदेश सभापतिहरुले संगठनात्मक अवस्थाबारे धारणा राखेका थिए ।

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० १५:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्