April 14, 2025 | सोमवार, बैशाख २, २०८२
सुचनाहरु
अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले?

भूकम्प पीडितलाई घर बनाउने पैसा एकमुष्ट दिनुपर्छ : गगन

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० ११:१९
भूकम्प पीडितलाई घर बनाउने पैसा एकमुष्ट दिनुपर्छ : गगन
  • घर बनाउने पैसा एकैपटकमा दिन आग्रह 
  • ५० हजार रुपैयाँ रकम एकै किस्तामा उपलब्ध गराउनुपर्ने
  • भूकम्प पीडितलाई अस्थायी घर बनाउन दिइने

काठमाडौं ।।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प पीडितलाई अस्थायी घर बनाउने पैसा एकैपटकमा दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले अस्थायी आवास बनाउनका लागि ५० हजार रुपैयाँ दु्ई किस्ता गरेर दिने निर्णय गरेको छ । भूकम्प प्रभावितलाई विना झन्झट एकमुष्ट दिनुपर्ने थापाले बताए । अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ रकम एकै किस्तामा उपलब्ध गराउनुपर्ने पार्टीमा बुधबार छलफल भएको उनले जानकारी दिए।

पार्टीको निर्णय अनुसार सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार भेटको जानकारी दिए । रकम दुरुपयोग हुने भय सरकारलाई भएको भए त्यसको हिसाबकिताब, पछाडि स्थायी आवास निर्माण र पुनर्निर्माणको क्रममा गर्न सकिने विकल्प उनले सुझाइका छन् ।

‘तर अहिलेको भुक्तानी प्रक्रिया अनावश्यक रूपमा झन्झटिलो भयो भने उपयुक्त समय भित्र अस्थायी घर नबन्ने सम्भावना रहन्छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्,’त्यस कारण भूकम्प पीडितलाई अस्थायी घर बनाउन दिइने रकम दुई किस्ता नभई एकमुष्ट दिँदा उचित हुने हाम्रो धारणा हो ।’

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट