sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भूकम्प पिडितलाई ५० हजार एकमुस्ट हैन २ किस्ता गरेर दिने हो : गृहमन्त्री श्रेष्ठ

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १५:५२
भूकम्प पिडितलाई ५० हजार एकमुस्ट हैन २ किस्ता गरेर दिने हो : गृहमन्त्री श्रेष्ठ
  • अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दुई किस्तामै दिइने
  • एक दिनको फरकमा समेत पाउन सक्ने जिकिर
  • कहाँ घर बनाउने हो त्यसको तयारी गर्नुपर्ने 

काठमाडौं ।।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दुई किस्तामै दिइने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले एकमुस्ट दिन माग भए पनि त्यो सम्भव नभएको बताएका हुन् । उनले दुई किस्तामा दिइने, तर एक दिनको फरकमा समेत पाउन सक्ने जिकिर गरे । उनका अनुसार पहिलो किस्ता बिना बैंक खाता नगदै पनि प्राप्त गर्न सक्छन् । दोस्रो किस्ता प्राप्त गर्न भने दुई वटा शर्त छन् ।

पहिलो : कहाँ घर बनाउने हो त्यसको तयारी कुनै न कुनै रुपमा अगाडि बढेको देखाउनुपर्ने ।

दोस्रो : बैंक खाता हुनुपर्ने ।

‘पहिलो किस्ता सहजै पाउँछन् । दोस्रो किस्ता पाउन यसो खोस्रिएर भएपनि यो ठाउँमा आवास बनाउन लागेको भन्ने कम्तीमा होस् । त्यतिञ्जेल बैंक खाता छैन भने खोलोस्’, गृहमन्त्री श्रेष्ठले भने, ‘पहिलो दिन पहिलो किस्ता लिनेले भोलिपल्टै पनि दोस्रो किस्ता पाउन सक्ने अवस्था छ ।’

सत्ता साझेदार नेपाली कांग्रेसले भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ एकमुस्ट दिन सरकारसाग माग गरेको छ । सरकारी रकम पीडितको खातामा नै जाओस् भन्ने सरकारको उद्देश्य रहेको तर कतिपयको बैंक खाता नभएकाले सहजीकरणका लागि दोस्रो किस्ता लिन मात्रै बैंक खाता अनिवार्य गरिएको गृहमन्त्री श्रेष्ठले जानकारी दिए ।

गृहमन्त्रालयका सचिव दिनेश भट्टराईले रकम दुरुपयोग नहोस् र भविष्यमा प्रश्न नउठोस् भनेर दुई किस्तामा अनुदान दिन लागिएको बताए । पीडितको खातामा पैसा जाँदा त्यसको रेकर्ड राख्न सहज हुने र दोस्रो किस्ता पाउन केही न केही काम अगाडि बढाएको हुनुपर्ने प्रावधानले सरकारी रकम दुरुपयोग नहुने उनको भनाइ छ । सचिव भट्टराईका अनुसार अस्थायी आवास बनाउने थोरै काम सुरु गर्नासाथ दोस्रो किस्ता पाउन सकिन्छ ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १५:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid