sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कांग्रेस अब एक्लै चुनाव लड्नुपर्छ : शेखर कोइराला

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १२:0८
कांग्रेस अब एक्लै चुनाव लड्नुपर्छ : शेखर कोइराला
  • कांग्रेसले वडादेखि आम चुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्छ 
  • एक्लै चुनाव लड्न अहिल्यैबाट तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह
  • बैंकहरु सबैभन्दा ठूला मिटरब्याजी भएको कोइरालाको आरोप

बुटवल ।।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस वडादेखि आम चुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । पार्टीको प्रथम लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले एक्लै चुनाव लड्न अहिल्यैबाट तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह गरे ।

‘एक्लै चुनाव लड्नुपर्छ भनेर स्थानीय चुनावदेखि नै मैले भन्दै आएको हो’, कोइरालाले भने, ‘अब आगामी चुनावमा वडादेखि संघसम्म कांग्रेस एक्लै चुनाव लड्न पर्छ,आजैदेखि तयारी सुरु गर्नुस् ।’ एक्लै चुनाव लड्न कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिंदै नेता कोइरालाले कांग्रेस एक ढिक्का भए कसैको सहारा लिनुनपर्ने बताए । २०८४ को चुनाव जित्न पार्टीको महाधिवेशन २०८२ भित्र सक्नुपर्ने कोइरालाको भनाइ छ ।

नेता कोइरालाले कांग्रेस परिवर्तन भएमात्र देश परिवर्तन हुने बताए । गौतमबुद्धको उदाहरण दिंदै कांग्रेस परिवर्तन हुन नेताहरुले त्याग गर्न सक्नुपर्ने र उग्र महत्वाकांक्षा र खराब आचरण त्याग्न जरुरी रहेको बताए । त्यागले मात्रै नयां नेपाल र नयाँ नेपाली कांग्रेस बन्ने कोइरालाको भनाइ छ । मुलुकमा भ्रष्टाचार र दण्डहीनता बढेको बढ्यै गरेको भन्दै कोइरालाले सुशासन र पारदर्शिता कायम नभएसम्म कांग्रेसले विश्राम लिन नहुने बताए ।

राजनीतिज्ञ, उद्योगी–व्यापारी, कर्मचारीको मिलेमतोमा देशमा भ्रष्टाचार मौलाएको नेता कोइरालाले दावी गरे । बैंक सञ्चालक र उद्योगी ब्यापारी एउटै घरानाका हुँदा नेपालको अर्थतन्त्र समस्यामा परेको र बैंक ब्याजदर चर्को भएको नेता कोइरालाले बताए । नेता कोइरालाले बैंकहरु सबैभन्दा ठूला मिटरब्याजी भएको आरोप लगाए ।

‘८ प्रतिशतमा लिएको ब्याज ४ वर्षपछि १६ प्रतिशत पुगेको हुन्छ, साना किसानलाई ५–७ लाखका दरले दिनुपर्ने कृषिको सहुलियत कर्जा ठूला ब्यापारीलाई अरबौं दिइएको छ’, उनले भने, ‘यो विषयलाई नेपाली कांग्रेसले ठीक ठाउँमा ल्याउनुपर्छ ।’ कृषि उत्पादन बढाउन सके मात्रै रोजगारी सिर्जना हुने र आत्मनिर्भर अर्थतन्त्र हुने भन्दै उनले युवा पलायन रोकेर स्वदेशमै ४०–५० हजार कमाउने वातावरण बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid