April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने 

१६० घर भत्काउन अदालतको आदेश कुर्दै महानगर

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १३:३१
१६० घर भत्काउन अदालतको आदेश कुर्दै महानगर
  •  पोखराको फिर्केखोलाको वास्तविक अवस्था 
  • १६० संरचना खोलाघरमै बनेको पाइयो  
  • ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा सरकारी 

पोखरा ।।

मानवीय अतिक्रमणको तीव्र चपेटामा परेको पोखराको फिर्केखोलाको वास्तविक ‘खोलाघर’ पत्ता लगाउन खटिएका प्राविधिकले २ महिना लगाएर असोज ६ गते महानगरलाई प्रतिवेदन बुझाए । प्राविधिक वासुदेव पौडेलको नेतृत्वमा खटिएको टोलीले गरेको अध्ययनअनुसार १६० संरचना खोलाघरमै बनेको खुलेको थियो । त्यसमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका संघसंस्थाले बनाएको पाइएको थियो ।

प्राविधिक टोलीले प्रतिवेदन बुझाएपछि महानगरले कात्तिक १० गते एक सूचना निकालेर ३५ दिनभित्र खोलाघर मिचेर बनेका संरचना हटाउन निर्देशन दिएको थियो । सूचनामा तोकिएको समयभित्र संरचना नहटाए महानगरले आफैं हटाइदिने र त्यसवापतको खर्च संरचना धनीले नै व्यहोर्नुपर्ने बताइएको थियो ।

उक्त समयावधि मंसिर १४ गते नै सकिइसकेको छ । तर, कात्तिक २४ गते नै उच्च अदालत पोखराले फिर्के खोलाघर मिचेर बनेका संरचना तत्काल नहटाउन अन्तरिम आदेश दिएपछि महानगरपालिका रोकिएको छ । महानगरले ३५ दिने सूचना जारी गरेपछि फिर्के खोलाको संरचनामाथि बनेको फिर्के तमु समाज समेतले रिट दायर गरेका थिए ।

खोलाघर मिचेर बनेका संरचना हटाउन नपाएपछि महानगरले शनिबार सम्बन्धित वडाका वडाध्यक्षसँग सुझाव लिएको थियो । कार्यक्रममा महानगर मेयर धनराज आचार्यले प्राविधिक टोलीको प्रतिवेदनमा खोलाको वास्तविक आकारमा कसैको पनि बाहिर चर्चा चलेजस्तो जग्गाधनी पूर्जा नभएको प्रष्टिकरण दिए । ‘खोलाको मापदण्डभन्दा पनि अहिले हामीले खोलाको वास्तविक खोलाघर पत्ता लगाउन खोजेका हौं । त्यसमा कसैको पनि लालपूर्जा छैन,’ मेयर आचार्यले भने, ‘तर, हामी सम्मानित अदालतको आदेशलाई मान्छौं ।’

अदालतबाट रोक नलगाइएको भए शनिबारबाटै फिर्केको खोलाघर खाली गर्न महानगर ‘एक्सन’मा जाने गरी तयारी भइसकेको मेयर आचार्यको भनाइ छ । ‘हामी त आजै (शनिबार)देखि एक्सनमा जाने तयारी गरिरहेका थियौं । तर, अब अदालतको आदेश पर्खिनैपर्‍यो, हामी पर्खिंदैछौं’, उनले भने ।

पोखराको अँधेरीकुनादेखि सुरु हुने फिर्केखोला फेवातालमा गएर मिसिन्छ । पोखराको मध्यभाग भएर बग्ने ८ किलोमिटर लामो र ४० मिटरसम्म फैलिएको फिर्केखोला मानवीय चपेटामा पर्दा अहिले साँघुरिएकोमात्रै छैन कतैकतै ‘गायब’ नै भएको छ ।

फिर्केखोला किनारका सम्बन्धित वडाध्यक्षहरु पनि लामो समयदेखि मापदण्डमै अल्झिराखेकाले अब छिट्टै पार लगाउनुपर्ने धारणा राखे । महानगरले पछिल्लो समय तयार पारेको प्राविधिक प्रतिवेदनप्रति आफूहरु सकारात्मक रहेकाले त्यसलाई लागू गर्न आफूहरु तयार रहेको उनीहरुको भनाइ थियो ।

साउन ३ गतेदेखि फिर्केखोलाको अन्तिमविन्दु गाईघाट (फेवाताल, ड्यामसाइड) देखि खोलाको वास्तविक बाटो खोज्न थालिएको थियो । खोलाको वास्तविक आकारका लागि २०३२ सालको नक्सालाई आधार मानिएको थियो । उक्त मापदण्डअनुसार पटकपटक सीमांकन, नक्सांकन अध्ययन, प्रतिवेदन तयार भए पनि लागू हुन सकेको छैन । फिर्केखोला अतिक्रमण गरेर बनेका संरचना हटाइसकेपछि फिर्केखोलाको सौन्दर्यीकरण गर्ने योजना महानगरको छ ।

एसियाली विकास बैंकको पोखरामा दिगो पर्यटनका लागि ७ अर्ब रुपैयाँको योजना सुरु भइसकेको र त्यसैअन्तर्गत फिर्केखोला सौन्दर्यकरण समावेश गरिने महानगरको भनाइ छ । पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वमा ०७५ पुस ६ गते बसेको कार्यपालिका बैठकले फिर्केसहित बुलौंदी र बगादी खोलाको मापदण्ड १० मिटर तोक्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयनमै नआई हालको कार्यपालिकाले मापदण्ड ५ मिटर बनाउने तयारी गरेको छ ।

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १३:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट