काठमाडौं ।।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता भएको छ । नेकपा एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनाललाई भेट्न चिनियाँ राजदूत शनिबार उनको निवास डल्लु पुगेका थिए । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार उनीहरुबीचमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको थियो ।