May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या

  • साझा परिवेश
  • सोमवार, बैशाख १७, २०८१ १२:५८
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या

इलाम । इलामको माई नगरपालिका–२ डिपुडाँडामा आइतबारराति छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको विभत्स हत्या गरेका छन । घरायसी विवाद हुँदा २१ बर्षीय छोरा सन्देश दियालीले खुकुरी प्रहार गरी ३१ बर्षीया सौतेनी आमा नेत्रमाया खवास दियालीको हत्या गरेको हुन् ।

घरायसी लेनदेनका विषयमा कुरा नमिल्दा विवाद भई हत्या भएको हुन सक्ने छिमेकीहरुले बताएका छन्। हत्या गर्ने छोरा सन्देश र सौतेनी आमा नेत्रकला घरमा बस्दै आएका थिए । नेत्रकलाका श्रीमान भने बैदेशिक रोजगारीमा रहेका छन ।

हत्या गर्ने सन्देशलाई मध्यरात नै प्रहरीले नियन्त्रणमा लिएको लोदिया प्रहरी चौकी दानावारीका प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक कैलाशकुमार केसीले जानकारी दिए । हत्याको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । माई–२ रातेखाडीका २५ बर्षिय रमेश योगी आफ्नै कोठामा आइतवार मृत अवस्थामा फेला परेका छन ।

नजिकै बिधुतको बोर्ड समेत भत्किएको अवस्थामा उनी ओछयानमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन । करेन्ट लागेर उनको ज्यान गएको हुन सक्ने बताइएको छ । गाडी चालक रहेका योगी शनिवार राति आएर कोठामा सुतेका थिए ।

श्रीमती माईत गएको र घरमा उनी र आफन्त एक ९ बर्षिय वालक मात्र रहेको अबस्थामा आईतवार योगी मृत भेटिएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख १७, २०८१ १२:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट