काठमाडौं ।।
नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१.३६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । काउन्सिलले यही मंसिर १५ गते विभिन्न २५ विधामा लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो ।
परीक्षामा सहभागी १८३ मध्ये ९४ जना उत्तीर्ण र ८९ अनुत्तीर्ण भएका काउन्सिलले जनाएको छ । ६ जनाको भने तोकिएअनुसारको परिचयपत्र नल्याएका कारण काउन्सिलले नतिजा रोक्का गरेको छ । यसअघि, गएको साउन १२ गते लिइएको विशेषज्ञक चिकित्सकको नाम दर्ता परीक्षामा ४८.३३ प्रतिशत उत्तीर्ण भएका थिए।