May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

‘विधिको शासन ?’ बारे तोसिमाको प्रस्टीकरण

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १0:२२
‘विधिको शासन ?’ बारे तोसिमाको प्रस्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पार्टी फुट्ने कुरा कल्पना पनि गर्न नसकिने बताएकी छन् । कार्की पार्टीमा असन्तुष्ट रहेको समाचारहरू प्रकाशित भएपछि उनले सामाजिक सञ्जालमार्फत यसबारे स्पष्टीकरण दिएकी हुन् ।

केही दिनअघि पार्टीले विधानमा रहेको व्यवस्था विपरीत पदाधिकारीहरूको चयन गरेको थियो । लगत्तै कार्कीले ‘विधिको शासन रु’ भन्दै आफ्नो सामाजिक सञ्जालमा प्रश्न गरेकी थिइन् । धेरैले उनको यो स्ट्याटस पार्टीको निर्णयप्रति लक्षित रहेको अनुमान गरेका थिए ।

तर, कार्कीले यसबारे प्रस्टीकरण दिँदै उक्त प्रश्न ‘सरकार, मन्त्री र न्यायालयप्रति लक्षित रहेको स्पष्ट पारेकी हुन् । ‘विधिको शासन रु ए ए, सबैले आ-आफ्नै व्याख्या प्रतिव्याख्या गर्नुभएछ ! विधिको शासन देशमै छैन हजुर ! सरकारमै छैन । स्वास्थ्य मन्त्रीको हर्कतमा छैन । न्यायालयमै छैन !! निराश नहुनुस्,सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाड्छौँ ,’ उनको भनाई छ ।

उनले लेखेकी छन्, ‘के रे के रे रु फुट्ने रे रु कल्पना पनि नगर्नुस्, हुँदैन, हामी त्यसो हुनै दिँदैनन् । साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !! चौरासी त हुन्छ हुन्छ ! हुनैपर्छ । जनताले देश भित्रै सम्भावना र समृद्धि देख्न पाउनै पर्छ । साना दौडमा हिँड्या होइनौ, देश बनाउन हिँड्या हौँ, देश बनाउन !! ठुलो छाती ठुलो मुटु लिएर हिँड्या छौँ । त्यसैले कोसिस नगर्नुस्, सक्नुहुन्न !! घण्टी त बज्छ बज्छ । चौरासीमै बज्छ । बरु आउनुस् तपाईंहरू पनि यो महाअभियानमा नछुट्नुस् ।’

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १0:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट