May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

लाइसेन्स माग्दा प्रहरीलाई पैसा देखाएपछि….

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० ११:00
लाइसेन्स माग्दा प्रहरीलाई पैसा देखाएपछि….
  • प्रलोभनमा पार्न खोजेको आरोपमा एकजना पक्राउ परे
  • बीपी राजमार्गबाट नियन्त्रणमा लिइयो 
  • चिट काट्न खोज्दा आवेशमा आएर अपशब्द प्रयोग

काठमाडौं ।।

आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–८ का ५९ वर्षीय सानुकान्छा तामाङ छन् । सोमबार बिहान उनलाई धुलिखेल नगरपालिका–११, काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्गबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनी बा.प्र.०२–०३७ प ०९९७ नम्बरको स्कुटरमा धुलिखेलबाट भकुन्डेतर्फ जाँदै थिए । चेकिङका क्रममा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) मागिएको थियो । त्यसक्रममा उनले पटक–पटक ‘मेरो लाइसेन्स यो हो’ भन्दै बिलबुकभित्र एक हजार रुपैयाँ राखी डिउटीका प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनले आफूसित लाइसेन्स नभएको पनि बताएका थिए । चिट काट्न खोज्दा आवेशमा आएर अपशब्द प्रयोग गरी उनले अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आर्थिक प्रलोभन देखाई प्रभावमा पारी कर्तव्यपथबाट विचलित गर्न दुरुत्साहन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनलाई सो स्कुटरसहित नियन्त्रणमा लिइएको थियो । उनीविरुद्ध अभद्र व्यवहारमा अनुसन्धानका निम्ति सोमबारै काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिन म्याद थप भएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० ११:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट