May 29, 2025 | बिहिबार, जेष्ठ १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बैंकका म्यानेजरमाथि दुर्गा प्रसाईं समर्थकको अभद्र व्यवहार

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १४:१९
बैंकका म्यानेजरमाथि दुर्गा प्रसाईं समर्थकको अभद्र व्यवहार
  • म्यानेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईंका समर्थकद्वारा अभद्र व्यवहार
  • अहिले दुवै पक्षबीच छलफल हुँदै 
  •  बैंकका कर्मचारीमाथि जबरजस्ती गर्न खोजिएको देखिए कानुनी कारबाही हुने

काठमाडौं ।।

झापामा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी)का सहायक म्यानेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईंका समर्थकले अभद्र व्यवहार गरेका छन् । लोनको विषयबारे छलफल गर्नुपर्ने भन्दै प्रसाईं समर्थक देवी संग्रौलासहितको समूहले पनेरुलाई बैंकबाट जबरजस्ती बोलाएर एक चिया पसल पुर्‍याएका थिए । त्यहाँबाट समेत उनलाई झापास्थित प्रसाईंको अस्पताल बीएण्डसीमा लैजान खोज्दा नमानेपछि अभद्र व्यवहार गरेका थिए ।

सो घटनापछि प्रहरीले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ । कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेश बास्तोलाका अनुसार अहिले दुवै पक्षबीच छलफल भइरहेको छ । “अहिले छलफल भइरहेको छ । हामीले घटनाबारे समेत बुझिराखेका छौँ । विवाद के कारणले भएको हो, जबरजस्ती गर्न खोजिएको हो कि छलफल मात्रै हो,” डीआईजी बास्तोलाले भने । बैंकका कर्मचारीमाथि जबरजस्ती गर्न खोजिएको देखिए कानुनी कारबाही हुने उनको भनाइ छ ।

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १४:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट