काठमाडौं ।।
स्वास्थ्य सेवा विभागले साढे आठसय कर्मचारीको एकैपटक बढुवा गरेको छ । विभागले नर्सिङ र पारामेडिक्सतर्फका ८५१ जनाको सहायक चौथोबाट सहायक पाचौँ तहमा स्तरवृद्धि गरेको हो । स्तरवृद्धिको निर्णयमा केही त्रुटि पाइएमा सच्याउन, संशोधन गर्न वा बदर समेत गर्न सकिने विभागले जनाएको छ ।