November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० १३:0१
आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार
  • आगलागीमा परी कम्तीमा चारजनाको मृत्यु
  • दुई सयभन्दा बढी घाइते
  • उद्धार गरिएकामध्ये १३४ जनालाई अस्पताल लगियो 

रोम ।।

रोमको टिभोलीस्थित सान जियोभान्नी इभान्जेलिस्टा अस्पतालको शवगृहमा शुक्रबार राति भएको आगलागीमा परी कम्तीमा चारजनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते छन् । इटालीको फायर ब्रिगेडलाई उद्धृत गर्दै बताइएअनुसार राति करिब १०ः३० बजे शवगृह, क्लिनिक र भान्सा नजिक एक्कासि आगोले समातेको र तुरुन्तै माथिल्लो तलाको आपत्कालीन कोठासम्म फैलिएको थियो ।

मृतक चारजनामध्ये दुईजनाको धुवाँले निसास्सिएर मृत्यु भएको बताइएको छ भने एकजनाको हृदयघातका कारण मृत्यु भएको छ भने अर्का एकजनाको जलेर मृत्यु भएको छ । शवगृहमा रहेका अन्य शव पनि जलेको बताइएको छ । उद्धार गरिएका मध्ये धेरैजसो बालबालिका रहेका छन् ।

अस्पतालका प्रवक्ताले बताएअनुसार उद्धार गरिएकामध्ये १३४ जनालाई नजिकैका अस्पतालहरूमा लगिएको छ ।आकस्मिक कोठामा उपचारका लागि पर्खिरहेका प्रत्यक्षदर्शीहरूका अनुसार एक्कासि बिजुली गएको र आगो सनसनी रूपमा फैलिएको बताएका छन् ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० १३:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्