sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘गर्व गर्छौं गोपाल दाई’

  • साझा परिवेश
  • शनिबार, कार्तिक २६, २०७९ 0९:४६
‘गर्व गर्छौं गोपाल दाई’

मेचीनगर । स्वास्थ्य तथा खेल क्षेत्रमा नाइट चेस क्लबले विगतमा उपलब्धिमूलक कार्यक्रमहरु सञ्चालन गरेको छ । ती कार्यक्रमले नाइट चेस क्लबलाई स्थानीय स्तरमा मात्र चिनाएन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सफल भएको छ ।
सामाजिक व्यक्तित्वको रुपमा परिचय फराकिलो बनाएका गोपाल तामाङ नेतृत्वको समितिले सम्झनालायक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उनकै पालामा अन्तर्राष्ट्रिय रेटिङ चेस प्रतियोगिता आयोजना गरिएको थियो । नेपालमै पहिलो पटक आयोजना भएको प्रतियोगितामा रसियाका ग्रान्ड मास्टर अलेक्जेन्डर फोमिनिक सहभागी भएका थिए ।
काँकरभिट्टामा भएको प्रतियोगितामा ४ वटा मुलुकबाट ११० जना चेस खेलाडी सहभागी गराएर तामाङ नेतृत्वको समितिले खेलमार्फत क्लबलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भए । ‘चेस खेलको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नाइट चेस क्लब परिचित बन्यो,’ तत्कालीन खेल संयोजक विश्वविजय घिमिरेले भने, ‘मेचीनगरलाई चिनाउन उक्त प्रतियोगिता कोशेढुंगा सावित भएको छ ।’
खेल क्षेत्रको विकासमा नाइट चेस क्लब फराकिलो योजना बनाएर अघि बढेको इतिहास छ । तामाङ अध्यक्ष भएकै बेला फुटबल खेलमा मोफसलमै पहिलो पटक खेलाडीलाई अनुबन्ध गराउने काम भएको थियो । त्यसबेला खेलाडीलाई मासिक पारिश्रमिक उपलब्ध गराइएको थियो । अनुबन्ध गरिएका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा आफूलाई अब्बल सावित गरेका छन् ।
विजय धिमाल, दिपक राई, कर्ण लिम्बू, मिनबहादुर बस्नेतलगायत १८ जना खेलाडी आज राष्ट्रिय स्तरका सुपरिचित खेलाडीका रुपमा स्थापित छन् । यस अलवा राष्ट्रिय तथा छिमेकी मुलुक भारतमा हुने गरेका ठूला प्रतियोगितामा भाग लिएर विजेता बनेको इतिहास छ ।
भारतको मङ्फू फुटबल प्रतियोगिताको पाँचपटक विजेता नाइट चेस क्लब बनेको थियो । ‘गोपाल दाईले सक्रियता नदेखाएको भए आज यी खेलाडी उत्पादन सायदै हुने थिएन होला,’ तत्कालीन क्लबका कोषाध्यक्ष शेरबहादुर बस्नेत भन्छन्, ‘त्यो बेलाको लगावले काँकरभिट्टा खेल क्षेत्रको रुपमा विकास भएको हो ।’
नाइट चेस क्लबले क्रिकेट क्षेत्रमा गरेको ठूलो लगानीका कारण थुप्रै चर्चित खेलाडी जन्माएको छ । तामाङको सक्रियतामा क्रिकेट खेलको विकास भएको हो । मनोज कटुवाल, लाक्पा लामा, सुनिल विष्ट, सन्नी पुन नेपाली क्रिकेटका लोकप्रिय खेलाडी बनेर चिनिएका छन् ।
‘गोपाल दाईको पालामा क्रिकेटमार्फत काँकरभिट्टालाई चिनाउने काम भएको छ,’ क्रिकेटर मनोज कटुवाल भन्छन्, ‘त्यो बेला हामी नाइट चेस क्लबको ब्यानरमा व्यावसायिक खेलाडीको रुपमा प्रतियोगितामा भाग लिएका थियौँ । आज हामी गर्व गर्छौं कि क्लबले खेलाडी बनाएर चिनाएको छ ।’

  • साझा परिवेश
  • शनिबार, कार्तिक २६, २०७९ 0९:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid