April 5, 2025 | शनिबार, चैत्र २३, २०८१
सुचनाहरु
अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा तिनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सबिनको परीवारलाई  सरकारले १०–१० लाख दिने शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै

भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे काममा फर्किए

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १४:0८
भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे काममा फर्किए
  • अभिनेता प्रकाश घिमिरे काममा फर्किए
  • श्रृंखलादेखि नै घिमिरे यो चलचित्रमा काम गर्दै 
  • चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने

काठमाडौं ।।

घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे काममा फर्किएका छन् । डेढ महिनापछि उनी काममा फर्किएका हुन् । बूढानिलकण्ठमा चलचित्र ‘महाजात्रा’ छायांकनको सेटमा घिमिरे आइतबार पुगेका थिए । ‘जात्रा’ श्रृंखलादेखि नै घिमिरे यो चलचित्रमा काम गर्दै आएका छन् । अभिनेत्री वर्षा राउतको बुवाको भूमिकामा उनी ‘जात्रा’ चलचित्रमा काम गर्दै आएका छन् ।

प्रदीप भट्टराईले निर्देशन गरिरहेको चलचित्रमा घिमिरेसँगै अभिनेता हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्र झा, रवीन्द्र सिंह बानिया, वर्षा राउतलगायत कलाकारको अभिनय छ । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्याको कथा भन्ने चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले लगानी गरेका छन् । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट