May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

रेफ्रीमाथि हातपात गरेकोमा क्लबलाई ३ वर्ष प्रतिबन्ध

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १६:४१
रेफ्रीमाथि हातपात गरेकोमा क्लबलाई ३ वर्ष प्रतिबन्ध
  • मकवानपुर जिल्ला लिग छनोटका क्रममा रेफ्रीमाथि हातपात
  • संलग्न दी रिभाइबल क्लबलाई तीन वर्षको प्रतिबन्ध लगाउने निर्णय
  • समर्थक भइ मैदान आएका ओम गुरुङ (कृष्ण) लाई एक वर्षका लागि प्रतिबन्ध

काठमाडौं ।।

मकवानपुर जिल्ला लिग छनोटका क्रममा रेफ्रीमाथि हातपात भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा सोमबार सम्पन्न दी रिभाइबल क्लब र पञ्चशिल युवा क्लबबीचको खेलका दौरान रेफ्रीमाथि हातपात भएको हो । मकवानपुर जिल्ला फुटबल संघका अनुसार खेल सम्पन्न भइसकेपछि रिभाइबल क्लबका खेलाडी र अफिसियलहरूले रेफ्रीमाथि हातपात र अभद्र व्यवहार गरेका हुन् ।

रेफ्रीमाथि हातपात भएपछि जिल्ला फुटबल संघ मकवानपुरले घटनामा संलग्न दी रिभाइबल क्लबलाई तीन वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको छ । संघले क्लबलाई तीन वर्ष, क्लबका कप्तान अनिल लोलाई दुई वर्ष, खेलाडी सुनिल खड्कीलाई तीन वर्ष र क्लबका व्यवस्थापक कृष्णबहादुर ठकुरीलाई तीन वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यस्तै, क्लबको समर्थक भइ मैदान आएका ओम गुरुङ (कृष्ण) लाई एक वर्षका लागि प्रतिबन्ध गरेको छ । प्रतिबन्धमा परेका सबैले एन्फाद्वारा आयोजना हुने र एन्फा रेफ्री आबद्ध हुने कुनै पनि प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।

“पछिल्लो समय नेपालभर नै रेफ्रीमाथि हातपातको क्रम बढ्दो छ । टिमको पक्षमा नभए रेफ्रीमाथि हातपात गर्नु सामान्य बनेको छ । यस्तो घटनाले रेफ्री हतोत्साहित नहुन् भनेर हामीले घटनामा संलग्नलाई प्रतिबन्ध लगाउने निर्णय गरेका हौँ,” मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले भने, “मलाई स्थानीय तहबाट कारबाही नगर्न चर्को दबाब आएको थियो । रेफ्रीमाथि खराब व्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने नजिर बसोस् भनेर हामीले यो निर्णय गर्यौं ।” खेल पञ्चशिल युवा क्लबले ३-२ ले जितेको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १६:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।