November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

२६४ स्थानमा काठमाडौं महानगरले बस स्टप बनाउने

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १२:४९
२६४ स्थानमा काठमाडौं महानगरले बस स्टप बनाउने
  • बस बिसौनी (बस स्टप) निर्माण गर्ने योजना
  • रिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने
  • संकेत चिन्हहरु मिलाउन तत्काल काम थाल्नुपर्ने

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी (बस स्टप) निर्माण गर्ने योजना बनाएको छ । यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ लाइट बिस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको महानगर जनाएको छ ।

बुधबार महानगरपालिकाले ट्राफिक प्रहरीसँग समन्वय तथा सहकार्यसम्बन्धी गरेको अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो । दैनिक उपभोग्य वस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने महानगरको योजना रहेको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए ।

अधिकारीले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको भन्दै यातायातसम्बद्ध कार्यालयहरुसँग सहकार्य अगाडि बढाइएको बताए । ‘अहिले सानातिना सुधारका काम गर्दा प्रणालीमा सुधार आउँछ भने त्यहाँबाट सहकार्य थालौं,’ ट्राफिक प्रहरीसँग उनले भने । अधिकारीले काठमाडौंमा अटो रिक्सा, ईरिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने बताएका छन् ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेलले महानगरपालिकासँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन बढ्ने, प्रणालीमा सुधार हुने भन्दै करिडोर दुईतर्फी सञ्चालन गर्नुपर्ने बताए । ‘बागमती, विष्णुमती, धोबीखोला र मनोहरा करिडोरलाई दुईतर्फी सञ्चालन गराउन पाए सवारी चाप गराउन सकिन्थ्यो । महानगरपालिकाको भूमिका यसमा देखिन आवश्यक छ,’ पोखरेलले भने ।

यातायात प्रणाली सुधारका विषयमा प्रस्तुतीकरण गर्दै महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले संकेत चिन्हहरु मिलाउन तत्काल काम थाल्नुपर्ने बताए । उनका अनुसार यस वर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपैयाँ छुट्याएर काम भइरहेको बताए । महानगरले ट्राफिक प्रहरीलाई प्रयोग गर्न ५०० बट्टा मास्क र ५०० वटा चस्मा प्रदान गरेको थियो ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १२:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्