sweet bonanza
May 30, 2026 | शनिबार, जेष्ठ १७, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ईसेवाको ओटीपी दिँदा खाताबाट पैसा गायब

  • साझा परिवेश
  • आइतवार, कार्तिक १२, २०८० १८:0६
ईसेवाको ओटीपी दिँदा खाताबाट पैसा गायब

काठमाडौं- ईसेवाको नक्कली कर्मचारी बनेर ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रौतहटका विभिन्‍न स्थानबाट ५ जनालाई पक्राउ गरेको हो।

उनीहरूले १८ जनालाई फोन गरेर ईसेवाको कर्मचारी भन्दै लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले अपरेसन थालेको थियो। पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिकाका २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, १९ वर्षीय दीपेन्द्र कुमार यादव, २० वर्षीय अभय कुमार यादव र २१ वर्षीय रितेश कुशवाहा रहेका छन्।

उनीहरूले मानिसहरुलाई मोबाइलबाट फोन गरी सुरुमा ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्‍ने र पछि तपाईंको आईडी बैंक खातासँग लिंक तथा खाता नवीकरण, ५० प्रतिशत क्यासब्याक रकम उपलब्ध गराइदिन्छु भन्दै पीडितहरूलाई विश्‍वास दिलाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। त्यसपछि पीडितकै मोबाइल नम्बरमा ओटीपी (वान टाइम पासवर्ड) पठाई कोड मागेर ठगी गर्ने गरेको देखिएको प्रहरीले बताएको छ।

ओटीपी कोड आएपछि वालेट तथा बैंक खाता लिंक गराएर रकम झिक्ने गरेको पाइएको छ। यो समूहले अहिलेसम्म १८ जनाको खाताबाट १५ लाख २० हजार ९ सय रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १२, २०८० १८:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid