sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ओलीलाई कालो झन्डा देखाउने पक्राउ

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १३:१0
ओलीलाई कालो झन्डा देखाउने पक्राउ
  • ओलीलाई पहिचानवादी पक्षधरले कालो झन्डा देखाए
  • धनकुुटा जाने क्रममा कालो झन्डा देखाइयो 
  • झन्डा देखाएको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिइयो 
  • विभिन्न स्थानमा गरी ३० पहिचानवादी पक्राउ

विराटनगर ।।

नेकपा (एमाले) को संकल्पयात्राका क्रममा भोजपुर पुगेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पहिचानवादी पक्षधरले कालो झन्डा देखाएका छन् । बिहीबार सदरमुकाम भोजपुर बजारबाट धनकुुटा जाने क्रममा कालो झन्डा देखाइएको हो । एमाले पार्टी कार्यालयनजिकै विरोध प्रदर्शन गर्दै पहिचानवादीले कालो झन्डा देखाएपछि धरपकड समेत भएको जनता समाजवादी पार्टी (जसपा) का सदस्य  एवं लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले बताए ।

कालो झन्डा देखाएको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जसपा भोजपुरका जिल्ला उपाध्यक्ष मञ्जु राई, जिल्ला सदस्य धीरज राई, दिनेश राई, मणि राई, विद्यार्थी नेता धीरेन खिम्बू, तयाबङु राई र विकास राई छन् ।हालसम्म कोसी प्रदेशका विभिन्न स्थानमा गरी ३० पहिचानवादी पक्राउ परेको माखिमको भनाइ छ ।धनकुटामा बन्द गराउँदै हिँड्ने नौजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा किराँत राई यायोख्खाका धनकुटाका अध्यक्ष उद्धवमणि राई, किराँत याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसिंह तिगेला, उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई र पनित कुलुङ छन् । ती सबै पहिचानवादीलाई धनकुटा र भोजपुरको सीमावर्ती लेगुवा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता एवं डीएसपी राजबाबु महर्जनले बताए ।

यसैबीच, झुलाघाट-चिवाभञ्ज्याङ संकल्पयात्रा धनकुटामा प्रवेश गरेको छ । यात्रा सुरु भएको १५औँ दिन पूर्वको अरुण तरेर धनकुटामा प्रवेश गरेको हो । अध्यक्ष ओली धनकुटाको कार्यक्रम सकाएर तेह्रथुमको वसन्तपुरमा आयोजित सभामा सहभागी हुन त्यसतर्फ लागेका छन् । यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट यात्रा सुरु गरिएको थियो । यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १३:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid