May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

जेलमा रहेका नासुलाई छुटाइदिने भन्दै पत्रकारले पैसा लिएपछि…..

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १६:१५
जेलमा रहेका नासुलाई छुटाइदिने भन्दै पत्रकारले पैसा लिएपछि…..
  • रकम लिएको आरोपमा एक पत्रकार पक्राउ
  • सीआइबीले पाण्डेसहित रितु राई र निरेश चौधरीलाई पक्राउ गर्यो 
  • राईले पाण्डेलाई २७ लाख रुपैयाँ दिएको खुलाशा

काठमाडौँ ।।

भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पत्रकार डिल्ली पाण्डे रहेका छन् ।

सीआइबी श्रोतका अनुसार भेपमार्फत् सुन तस्करी प्रकरणमा पक्राउ परेका नायब सुब्बा रेवन्त खड्कालाई थुनामुक्त गरिदिने भन्दै पत्रकार पाण्डेसहितको टोलीले करिब १ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । सीआइबीले पाण्डेसहित रितु राई र निरेश चौधरीलाई पक्राउ गरेको थियो ।

सीआइबी श्रोतका अनुसार पाण्डेको भूमिका रकमको बार्गेनिङ गर्ने विषयमा भन्दा पनि समन्वय गर्ने विषयमा देखिएको र पाण्डेले रितु राईसँग मात्रै कुराकानी तथा कारोबार गरेको पाइएको हो । सीआइबीले राई र चौधरीलाई यसअघि नै सार्वजनिक गरिसकेको छ । यद्यपि पाण्डेको भूमिका के हो भन्ने स्पष्ट नभएकाले सीआइबीले सार्वजनिक गरेको छैन ।

पाण्डेले पनि ठगीमा आफ्नो कुनै संलग्नता नरहेको र रितु राईसँग लेनदेन भएकाले आफूले लिनुपर्ने रकम मात्रै आफूले लिएको बताएका छन् । राईले पाण्डेलाई २७ लाख रुपैयाँ दिएको देखिएको सीआइबी श्रोतले बतायो ।

सीआइबी श्रोतका अनुसार ठगीमा पाण्डेको संलग्नता हो कि होइन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ । पाण्डेले लिएको रकम पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भनेर लिएका हुन् कि रितु राईसँगको आर्थिक कारोबार मात्रै हो भन्ने सम्बन्धमा समेत अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ ।

भेपमार्फत् तस्करी भएको ९ किलो सुन प्रकरणमा भन्सार कार्यालयका सुब्बा रेवन्त खड्कालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । पुर्पक्षका लागि थुनामा पुगेका खड्कालाई छुटाइदिने भन्दै भोजपुरकी रिता राईले रेवन्तका बुवामार्फत करिब १ करोड रुपैयाँ बुझेकी थिइन् । त्यही रकममध्ये २७ लाख रुपैयाँ पाण्डेले लिएको रितुले बयान दिएकी थिइन् । रितुकै बयानका आधारमा पाण्डेसमेत पक्राउ परेका हुन् ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।