sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जापानले प्युठानमा १ करोडको बेसार प्रशोधन केन्द्र निर्माण गरिदिने

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १३:0९
जापानले प्युठानमा १ करोडको बेसार प्रशोधन केन्द्र निर्माण गरिदिने
  • जापान सरकारको सहयोगमा प्युठानमा बेसार प्रशोधन केन्द्र निर्माण गर्ने 
  • एक करोड नेपाली रुपैयाँ बराबरको सहयोगमा काम थालियो 
  • जीजीपीअन्तर्गत सन् १९९१ यता २०० योजना सम्पन्न

काठमाडौं ।।

जापान सरकारको सहयोगमा प्युठानमा बेसार प्रशोधन केन्द्र निर्माण गरिएको छ । निर्माण गरिएको प्रशोधन केन्द्र प्युठान नगरपालिकालाई हस्तान्तरण गरिएको छ। मंगलबार नेपालका लागि जापानका राजदूत किकुता युताको उपस्थितिमा आयोजित कार्यक्रममा उक्त योजना हस्तान्तरण गरिएको हो । जापानको करिब एक करोड नेपाली रुपैयाँ बराबरको सहयोगमा भोल्युन्टियर नेपाल नेसन ग्रुप (भोल नेपाल)ले निर्माण गरेको हो ।

यसका लागि जापान सरकार अन्तर्गतको ग्रासरुट एन्ड ह्युमन सेक्युरेटी ग्रान्ट एसिसटेन्स प्रोजेक्ट (जीजीपी) अन्तर्गतबाट सहयोग प्राप्त भएको थियो । यो योजनाले प्युठान नगरपालिका–८ र आसपासका नागरिकलाई व्यवसायिक रूपमा बेसार उत्पादनका लागि सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।

बेसार उत्पादनका लागि यो ठाउँ उपयुक्त रहेपनि मानिसहरूले आफैले खानका लागि परम्परागत पद्धतिबाट प्रशोधन गर्दै आएका थिए ।सन् २००५ मा स्थापित भोल नेपालले ग्रामीण विकासका लागि काम गर्दै आएको छ । कार्यक्रममा राजदूत किकुताले प्रशोधन केन्द्रले किसानहरूलाई जीवनयापन सुधार्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । जीजीपीअन्तर्गत सन् १९९१ यता २०० योजना सम्पन्न भइसकेको जापानी राजदूतावासले जनाएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १३:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid