sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काठमाडौँ महानगरबासीले अब औषधि पनि सस्तोमा पाउने

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १४:५0
काठमाडौँ महानगरबासीले अब औषधि पनि सस्तोमा पाउने
  • औषधि उपलब्ध गराउन फार्मेसी सञ्चालनको तयारी 
  • ४ स्थानहरूमा सुलभ फार्मेसी स्थापना गर्ने भन्दै घर खोज्दै 
  • दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थान हुनुपर्ने

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले नगरवासीलाई सस्तोमा औषधि उपलब्ध गराउन फार्मेसी सञ्चालनको तयारी गरेको छ । महानगरले बजेटमै घोषणा गरे अनुसारको ‘सुलभ फार्मेसी’ सञ्चालनका लागि बुधबार गोरखापत्रमा सूचना निकाल्दै ५ स्थानमा घर भाडामा लिने समेत उल्लेख गरेको छ । महानगरको स्वास्थ्य विभागले महानगरपालिका भित्रका ४ स्थानहरूमा सुलभ फार्मेसी स्थापना गर्ने भन्दै घर भाडामा दिने प्रस्तावको १५ दिने सूचना प्रकाशित गरेको हो ।

महानगरपालिकाले महाराजगञ्ज क्षेत्रमा वडा नम्बर ३ को स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकै, वीर अस्पताल क्षेत्रमा वडा नम्बर २२ को स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकै, कालीमाटी क्षेत्रमा १३ नम्बर वडाको स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकै, लैनचौर क्षेत्रमा वडा नम्बर २६ को स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकैको घर भाडामा लिने जनाएको हो । महानगरपालिकाले भाडामा लिने घर आठ सयदेखि १२ सय वर्ग फिट भएको तथा नक्सा पास हुनुपर्ने, कम्तीमा तीन वटा कार तथा ५ वटासम्म दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थान हुनुपर्ने जनाएको छ ।

माघदेखि सुरु 

काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागका अनुसार चालु आर्थिक वर्षमा ५ स्थानमा फार्मेसी सञ्चालनको तयारी गरेको छ । ‘हामीले बबरमहलमा एक ठाउँमा स्थान फेला पारिसकेका छौं, अन्य चार स्थानका लागि आज घर भाडा लिन सूचना प्रकाशित भएको हो । यो वर्ष ५ स्थानबाट फार्मेसी सञ्चालन हुन्छ,’ महानगरका स्वास्थ्य विभाग प्रमुख राम प्रसाद पौडेलले भने । माघ महिनादेखि फार्मेसी सञ्चालन हुने बताए ।

फार्मेसी सञ्चालनका लागि आवश्यक पर्ने फर्मासिस्ट महानगरमा भएको श्रम बैंकमा आवद्ध भएकालाई राख्ने र नपुगेको अवस्थामा विज्ञापन खोलेर राख्ने उनले बताए । ‘हाम्रो फार्मेसीमा नेपाल सरकारले तोकेको ९८ प्रकारका औषधि निःशुल्क पाइन्छ भने, अन्य औषधिहरु प्रचलित सरकारी मूल्य अनुसार पाइन्छ,’ पौडेलले अनलाइनखबरसँग भने । उनले आवश्यकता र प्रभावकारिता अनुसार आगामी आर्थिक वर्षमा विस्तार गर्ने समेत बताए । काठमाडौंले स्वास्थ्य क्षेत्रमा ९२ करोड ६६ लाख बजेट ल्याएको महानगर आफैंले ‘सुलभ फार्मेसी’ सञ्चालन गर्ने भन्दै ६ करोड बजेट विनियोजन गरेको थियो ।

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १४:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid