May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

काठमाडौँ महानगरबासीले अब औषधि पनि सस्तोमा पाउने

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १४:५0
काठमाडौँ महानगरबासीले अब औषधि पनि सस्तोमा पाउने
  • औषधि उपलब्ध गराउन फार्मेसी सञ्चालनको तयारी 
  • ४ स्थानहरूमा सुलभ फार्मेसी स्थापना गर्ने भन्दै घर खोज्दै 
  • दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थान हुनुपर्ने

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले नगरवासीलाई सस्तोमा औषधि उपलब्ध गराउन फार्मेसी सञ्चालनको तयारी गरेको छ । महानगरले बजेटमै घोषणा गरे अनुसारको ‘सुलभ फार्मेसी’ सञ्चालनका लागि बुधबार गोरखापत्रमा सूचना निकाल्दै ५ स्थानमा घर भाडामा लिने समेत उल्लेख गरेको छ । महानगरको स्वास्थ्य विभागले महानगरपालिका भित्रका ४ स्थानहरूमा सुलभ फार्मेसी स्थापना गर्ने भन्दै घर भाडामा दिने प्रस्तावको १५ दिने सूचना प्रकाशित गरेको हो ।

महानगरपालिकाले महाराजगञ्ज क्षेत्रमा वडा नम्बर ३ को स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकै, वीर अस्पताल क्षेत्रमा वडा नम्बर २२ को स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकै, कालीमाटी क्षेत्रमा १३ नम्बर वडाको स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकै, लैनचौर क्षेत्रमा वडा नम्बर २६ को स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकैको घर भाडामा लिने जनाएको हो । महानगरपालिकाले भाडामा लिने घर आठ सयदेखि १२ सय वर्ग फिट भएको तथा नक्सा पास हुनुपर्ने, कम्तीमा तीन वटा कार तथा ५ वटासम्म दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थान हुनुपर्ने जनाएको छ ।

माघदेखि सुरु 

काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागका अनुसार चालु आर्थिक वर्षमा ५ स्थानमा फार्मेसी सञ्चालनको तयारी गरेको छ । ‘हामीले बबरमहलमा एक ठाउँमा स्थान फेला पारिसकेका छौं, अन्य चार स्थानका लागि आज घर भाडा लिन सूचना प्रकाशित भएको हो । यो वर्ष ५ स्थानबाट फार्मेसी सञ्चालन हुन्छ,’ महानगरका स्वास्थ्य विभाग प्रमुख राम प्रसाद पौडेलले भने । माघ महिनादेखि फार्मेसी सञ्चालन हुने बताए ।

फार्मेसी सञ्चालनका लागि आवश्यक पर्ने फर्मासिस्ट महानगरमा भएको श्रम बैंकमा आवद्ध भएकालाई राख्ने र नपुगेको अवस्थामा विज्ञापन खोलेर राख्ने उनले बताए । ‘हाम्रो फार्मेसीमा नेपाल सरकारले तोकेको ९८ प्रकारका औषधि निःशुल्क पाइन्छ भने, अन्य औषधिहरु प्रचलित सरकारी मूल्य अनुसार पाइन्छ,’ पौडेलले अनलाइनखबरसँग भने । उनले आवश्यकता र प्रभावकारिता अनुसार आगामी आर्थिक वर्षमा विस्तार गर्ने समेत बताए । काठमाडौंले स्वास्थ्य क्षेत्रमा ९२ करोड ६६ लाख बजेट ल्याएको महानगर आफैंले ‘सुलभ फार्मेसी’ सञ्चालन गर्ने भन्दै ६ करोड बजेट विनियोजन गरेको थियो ।

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १४:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्