November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १0:५४
मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी
  • पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गर्दै 
  • नमिलेका कुरा मिलाउन गम्भीर छलफल आवश्यक
  • दाहालले पार्टीको बैठकमा पनि केही परिवर्तन हुने संकेत

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी थालेका छन् । मन्त्रीहरू परिवर्तन गर्न उनले सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस नेतृत्वसँग आवश्यक परामर्श गरिसकेका छन् । माओवादी केन्द्रबाट गएका सबै मन्त्रीहरु फेर्न तयार रहेका प्रधानमन्त्री दाहालले कांग्रेससँग पनि त्यही सर्त राखेका छन् । कांग्रेसमा भने देउवानिकट कतिपय मन्त्रीहरु कायम राख्ने भनाइ आएपछि गृहकार्य केही समयका लागि पछि धकेलिएको छ । “प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् फेरबदलको प्रस्ताव आएको हो । अझै केही कुरा मिलिसकेको अवस्था छैन,” कांग्रेसका एक नेताले भने, “ती नमिलेका कुरा मिलाउन गम्भीर छलफल आवश्यक देखिएको छ ।”

ती नेताका अनुसार, कांग्रेस सभापति शेरबहादुर देउवाले केही मन्त्रीहरुलाई नचलाउने सर्त राखेका छन् । खासगरी अर्थमन्त्री डा. प्रकाशशरण महतलाई चलाउनु नहुने उनको अडान छ । “अर्थमन्त्रीलाई त चलाउनु हुँदैन । सबैले देश श्रीलंकाको बाटोमा जान्छ भनेको होइन, उसले जोगायो नि ! प्रचण्डका तर्फबाट वार्ताका लागि गएका एक माओवादी नेतासँग देउवाले भनेका थिए, “उसलाई चलाउनु हुँदैन । अरु पनि सबै परिवर्तन गर्ने हो भने प्रधानमन्त्रीले निर्णय गर्नुपर्यो होइन भने हाम्रा मान्छे केही समयपछि केही मात्र परिवर्तन गर्छौ ।”

देउवाले त्यस्तो सर्त राखेपछि प्रधानमन्त्री स्वयम्ले देउवालाई बालुवाटार डाकेर पटक–पटक सन्ध्याकालीन वार्ता गरिसकेका छन् । माओवादीका ती उच्च नेताका अनुसार, वार्तापछि परिस्थिति फरक बनेको छ । देउवाले अर्थमन्त्रीमा डा. महतलाई निरन्तरता दिने अडान नछाडे पनि पहिला भन्दा उनी लचिलो भएका छन् । माओवादी केन्द्रमा भने नारायणकाजी श्रेष्ठ नै मन्त्रिपरिषद् गठनका लागि बाधक बनिरहेका छन् । प्रधानमन्त्रीमाथि उनले दबाब खडा गर्न मेहनत गरिरहेको माओवादी केन्द्र स्रोतले जनाएको छ । प्रधानमन्त्री सहमत नभएको अवस्थामा केही लोकप्रिय निर्णय गरेर बाहिरिने रणनीतिमा श्रेष्ठ देखिएका छन् । यसका विषयमा उनले आफ्ना निकटहरुसँग सरसल्लाह समेत गरेका छन् ।

मुटुको समस्याका कारण डाक्टरले आराम गर्न दिएको सल्लाहसमेत नमानी मन्त्रालय गइरहेका श्रेष्ठले केही निर्णय गरेर चर्चामा आउने प्रयास जारी राखेका छन् ।  तर, माओवादी केन्द्रका तर्फबाट नै मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव कांग्रेसलाई गरिएकाले प्रधानमन्त्री रोकिने अवस्था भने नरहेको माओवादी केन्द्रका नेताहरुको भनाई छ । “कांग्रेसले अघि बढौं भनेको खण्डमा प्रधानमन्त्री रोकिनु हुन्न । माओवादीलाई मात्र होइन गठबन्धनका अन्य दललाई मिलाउने जिम्मा उहाँ आफैले लिनुहुन्छ,” माओवादीका एक नेताले भने, “सम्भवतः अर्को हप्ताभित्र मन्त्रिपरिषदमा फेरबदल भइसक्नेछ ।”

प्रधानमन्त्री दाहालले बिहीबार संचार तथा सूचना प्रविधि र ऊर्जा तथा सिंचाई मन्त्रालय, ऊर्जा आयोगसहितका पदाधिकारीहरुसँग छलफल गरेका थिए । त्यस क्रममा उनले मन्त्रिपरिषद गठनको एक वर्षपछि आफूले कार्यशैली बदल्ने भन्दै तपाईंहरु के गर्नुहुन्छ भनी प्रश्न राखेका थिए । “मेरो नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्दैछ, अर्को वर्ष हामी नयाँ ढंगले जाँदैछौं,” प्रधानमन्त्रीले भने, “त्यसका लागि हाम्रो सोच बदलौं, कार्यशैली पनि बदलौं । म गम्भीर ढंगले मन्त्रालयका कुरा सुन्ने, बुझ्ने र परिणाम ल्याउनेमा छु । मैले कार्यशैली परिवर्तन गर्दैछु, तपाईहरू के गर्नुहुन्छ ?”

यसअघि प्रधानमन्त्री दाहालले पार्टीको बैठकमा पनि केही परिवर्तन हुने संकेत गरेका थिए ।  “सरकारको प्रभावकारिताका लागि मेरो मेहनतले काम गरेन, अब केही नयाँ गर्नुपर्छ,” माओवादी केन्द्रको बिहीबार विहान बालुवाटारमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक पदाधिकारीले भने, “अब गेयर परिवर्तन गरेर अघि बढ्नुछ भन्नुभयो ।” ती पदाधिकारीले प्रधानमन्त्रीको भनाईको आशय मन्त्रिपरिषद् पुनर्गठन नै भएको बताए ।

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १0:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्