विराटनगर ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् । बिहीबार साँझ उनी विराटनगर आइपुगेका हुन् । बिहीबार उनी विराटनगरस्थित छोरी गंगा दाहालको निवासमा बसे । शुक्रबार बिहान सुनसरीको इनरुवामा ४०० केभीको इनरुवा सबस्टेसनको उद्घाटन गरेपछि प्रधानमन्त्री प्रचण्ड मोरङको मिक्लाजुङमा पार्टी अभियान कार्यक्रममा सहभागी हुनेछन् । मिक्लाजुङ गाउँपालिका–५ मा पार्टीले आयोजना गरेको आमसभामा सम्बोधन गरेर उनी दिउँसो ३ बजे मोरङ व्यापार संघ एक्स्पोको उद्घाटनमा पुग्ने सचिवालयले जनाएको छ । एक्स्पोको उद्घाटन गरेर उनी शुक्रबारै साँझ काठमाडौं फर्कनेछन् ।