April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

सन् २०२३ मा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५० लाखभन्दा धेरै : डब्ल्यूएचओ

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० ११:३३
सन् २०२३ मा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५० लाखभन्दा धेरै : डब्ल्यूएचओ

लामखुट्टेबाट सर्ने डेङ्गीबाट यो वर्ष सन् २०२३ मा ५० लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । यस वर्ष ५० हजार जनाभन्दा धेरैले डेङ्गीबाट ज्यान गुमाएका छन् ।

डब्ल्यूएचओले डेङ्गीको जोखिम पछिल्लाे वर्ष बढ्दै गएको र यसमा जलवायु परिवर्तन पनि आंशिक रूपमा कारण रहेको उल्लेख गरेको छ ।

उच्च वर्षा, आर्द्रता र तापमान वृद्धिले लामखुट्टे फैलिने गरेको र डेङ्गीको सङ्क्रमण बढेको डब्ल्यूएचओले जनाएको छ । विश्वका चार अर्ब मानिस डेङ्गीको जोखिममा रहेका र सङ्क्रमितमध्ये पनि धेरैजसो लक्षणविहीन हुने गरेका छन् । लक्षणविहीन सङ्क्रमण सामान्यतया एकदेखि दुई हप्ताभित्र निको हुने गरेको छ ।

डेङ्गीको कुनै खास उपचार नभएकाले, प्रारम्भिक पहिचान र डाक्टरको निगरानीमा हुने उपचारबाट स्वास्थ्यमा सुधार ल्याउन सकिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० ११:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट